Categories
स्वास्थ्य

घ्यु कुमारी यसरी प्रयोग गर्न जान्ने हो भने दर्जनौं रोगबाट मुक्त !

प्रायजसो सबैको घरमा सजिलै पाइने घ्युकुमारी एक जडीबुटी हो । यसलाई आयुर्वेदिक औषधीका रूपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।घ्युकुमारी विभिन्न रोगहरूका लागि औषधीको रूपमा काम गर्छ । घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसको सेवन गर्दा हुने लाभहरू निम्न छन् ।

– दैनिक रूपमा घ्युकुमारी सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।– घ्युकुमारीको जुस खाँदा रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्ट्रोलको समस्या बढ्न पाउँदैन ।– शरीरका कोष तथा कोशिका बिग्रिएको भए यसको जुसले पूर्ववत् अवस्थामा ल्याउँछ ।– घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ ।

– अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुखेमा घ्युकुमारी खाँदा ठिक हुन्छ ।– यसको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्छ ।– घ्युकुमारीको सेवनले गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।

– यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउनुका साथै कपाल पनि बलियो बनाउँछ ।– शरीरको कुनै भाग आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।– अनुहार लगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने दाग हराउँदै जान्छ ।– आँखा वरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।

प्रायजसो सबैको घरमा सजिलै पाइने घ्युकुमारी एक जडीबुटी हो । यसलाई आयुर्वेदिक औषधीका रूपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।घ्युकुमारी विभिन्न रोगहरूका लागि औषधीको रूपमा काम गर्छ । घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसको सेवन गर्दा हुने लाभहरू निम्न छन् ।

– दैनिक रूपमा घ्युकुमारी सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।– घ्युकुमारीको जुस खाँदा रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्ट्रोलको समस्या बढ्न पाउँदैन ।– शरीरका कोष तथा कोशिका बिग्रिएको भए यसको जुसले पूर्ववत् अवस्थामा ल्याउँछ ।– घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ ।

– अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुखेमा घ्युकुमारी खाँदा ठिक हुन्छ ।– यसको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्छ ।– घ्युकुमारीको सेवनले गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।

– यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउनुका साथै कपाल पनि बलियो बनाउँछ ।– शरीरको कुनै भाग आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।– अनुहार लगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने दाग हराउँदै जान्छ ।– आँखा वरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।

Categories
समाचार

एमाले नेतृ करिस्मा मानन्धर यानिकी सूर्य कुमारीले रोजिन् बालेन्द्र, लेखिन् मर्मस्पर्शी शब्द

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिस्मा मानन्धरले बालेन्द्र सालाई बधाई दिनु भएको छ ।

लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै उहाँले बधाई दिनु भएको हो ।

अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोललाई बधाई दिदैँ यस्तो बयान दिनुभयो ।

साह र डङ्गोल काठमाडौं बासीको रोजाई भएको उहाँको भनाई रहेको छ । उहाँका अनुसार सानो दल ठूलो जनमतले अचानक अगाडि आउने घटनालाई , जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्न सकिन्छ ।

तर यो स्थानीय चुनावमा त्यस्तो भएको होईन् । यो चुनावको परिणाम मिश्रित भएको पनि उहाँले बताउनुभयो ।

पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबन्धन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एक्लै भएपनी दोस्रो र गठबन्धनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको उल्लेख गर्नुभएको छ ।

उहाँको फेसबुक स्टाटस हेर्नुहोस्

लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत तेता तर्फ आकर्षित हुन्छ जाँहा जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् । काठमाडौ माहानगर वासी जनताको रोजाइ , हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

हुनै लागेकी , उपमेयर नेकपा एमाले कि नेत्री क. सुनिता डङ्गोललाइ बधाई तथा सफल कार्यकालको शुभकामना ।

मेरो बिचारमा सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो उर्जासिल प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ । युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।

सबै दलहरूको चुनावी प्रयास भनेको आफ्ना नीति योजनाहरु जनता सामु पुर्याउनु र आफ्नो पार्टीलाई अत्याधिक मतले बिजयी बनाउनु नै हुन्छ ।

जनमतको क्रममा ठुला दल अत्यन्तै स्यानो भएर खुम्चिनु ! अनि सानो दल ठूलो जनमतले अचानक आगाडी आउने घटनालाई , जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्नसकिन्छ ।

तर यो स्थानीय चुनावमा तेसो भएको होइन । यो चुनावको परिणाम मिश्रित छ। पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबंधन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एकलै भएपनी दोस्रो र गठबंधनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल ।।।

जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको छ । धरानमा हर्क साम्पाङले जित्नु , विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिन्छ । हरेक पार्टिले यो सत्यलाई मनन् गर्नुपर्छ ।

म आफू पनि नेकपा एमालेको पक्षधर भएकोले केही मनमा लागेको कुरा राख्दै छु, यो एउटा नागरिकको हिसाबले सुझाव पनि राख्दै छु । किनभने नागरिकले निष्पक्ष विश्लेषण गर्दछ।

नयाँ सदस्य भएको कारण आन्तरिक कुरा कम थाहा हुनसक्छ !! तर पार्टीको गरिमा बढेको हेर्न चाहाने भएकोले र यो मुलुकको विकास गर्न एमाले पार्टी सक्षम भयेको आफ्नो विश्वासले अनि आफ्नो कार्यकालमा एमालेको सरकारले गरेको कामबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको कारण यो कुरा राख्दै छु ।

पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठ्यारोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निस्वार्थ समिक्षा गर्नुपर्छ होला र तेसलाइ सच्याएर अगाडि जानुपर्छ ।

किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुदाहुदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तरघातका कारण यथोचित सफलता हासिल गर्न सकिएन ।

धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रह्यो । मुख्य नेतृत्वले तल सम्मको स–साना कामकारबाहीमा थोरै भए पनि जानकारी लिनुपर्छ होला !

कतै कतै उमेदवारहरुको छनोट पो गलत भयो कि !! समय परिवर्तनशिल छ , हिजो जे थियो आज छैन ,आज जे छ भोलि हुदैन । तेसैले हिजोको एमालेलाई , आज र भोलि उस्तै सदाबाहार बनाउन हामिले आफुलाइ परिवर्तन गर्नुपर्छ ।

आउदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्याउनु पर्छ । चुनावमा एमालेका नेताकार्यकर्ताले जुन उर्जाका साथ दिनरात नभनेर मेहनत गरेको देखे त्यसबाट धेरै कुरा सिक्ने मौका पाए । बिजय हासिल गर्नुहुने सम्पूर्ण कमरेडहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना ✊ अन्त्यमा हामी जे गर्छौ राष्ट्रिय हितको लागि गर्छौ ।

Categories
समाचार

यस्तो कानूनका कारण बालेनले राजनीतिक दल खोलेमा वा दलको सदस्यता लिएमा पद नै जान्छ

काठमाडौं । बालेन (बालेन्द्र) साह काठमाडौं महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएसँगै विभिन्न अड्कलवाजी समेत गर्न थालिएको छ । बालेन के विजयी भएपछि अर्को दलमा जान्छन् ।

या उनले अर्को पार्टी खोल्छन् ? सबैको मनमापनि लागेको होला । उनले बेला–बेलाका सामाजिक सञ्जालका पोष्टमा बालेन एक्लै हैन यो अभियान हो भनिरहँदा धेरैले बालेनले पार्टी खोल्ने कल्पना समेत गरेका छन् । तर विद्यमान कानूनका कारण त्यो सम्भव छैन ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद ६ मा ‘दल त्याग’ सम्बन्धी व्यवस्था छ ।

ऐनको दफा ३१ मा कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले दल त्याग गरेमा उक्त पद दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने’ व्यवस्था छ ।

त्यसका लागि तीनवटा शर्तहरूमध्ये कुनै एउटा शर्त आकषिर्त भएको हुनुपर्छ ।

पहिलो, सम्बन्धित दलको सदस्यबाट लिखित रूपमा राजिनामा दिएमा, दोस्रो जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा वा आफैंले वा आफू समेत संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने व्यवस्था ऐनको दफा ३२ मा छ ।

संवैधानिक व्यवस्थामा समेत यो विषय समेटिएको छ । नेपालको संविधानको धारा २१५ मा गाउँपालिका र २१६ मा नगरपालिकाका जनप्रतिनिधिहरूको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ ।

दुवै ऐनको उपधारा ८ मा स्थानीय तहको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष अनि वडाध्यक्ष र सदस्यको पद रिक्त हुने व्यवस्था छ । संविधानमा दल त्याग सम्बन्धि वयवस्था छैन ।

तर राजनीतिक सहमतिका आधारमा दलसम्बन्धी ऐन २०७३ जारी गरिएको छ । उक्त ऐनको दफा ३१ मा ‘दल त्याग गरेमा’ स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त हुने व्यवस्था थपिएको हो ।

संघीय र प्रदेश सभाका सदस्यको हकमा संविधानमै व्यवस्था भए पनि स्थानीय तहको जनप्रतिनिधिको हकमा यो व्यवस्था मिल्दो नभएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया बताउनुहुन्छ ।

तर कानूनमा व्यवस्था भएपछि कार्यन्वयन गर्न आयोग बाध्य हुने उहाँको भनाई छ । विधायिकाले कानून बनाउँने हो । कानून बनाएपछि कार्यन्वयन गर्ने निकायले गर्नुपर्नेछ ।

‘ऐनमा भएको व्यवस्थालाई सरसर्ती हेर्दा एउटा दलमा आवद्ध भई निर्वाचन चिहृन लिएर जनमतको भरमा जितेको जनप्रतिनिधिले दल परित्याग गरेमा पद समेत जाने विषय स्वाभाविक र उपयुक्त भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाई छ ।

यसैले बालेन साहलेपनि लिएको चुनाव चिहृन भन्दा फरक पर्ने दल रोजेमा वा बनाएमा पद स्वतः खारेज हुनेछ । अर्थात स्वतन्त्रलाईपनि कानूनले एउटा दल जस्तै मानेको छ यही कानून आकर्षित हुनेछ ।

Categories
राजनीतिक समाचार

सत्ता पक्षले बुथ कब्जा गरेर निर्वाचन जित्यो : ओली

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन् ।

निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआएको उल्लेख गर्दै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाए । ‘एमालेलाई पत्तासाफ गरिदिने’ सत्ता गठबन्धनको घोषित नीति नै भएको र त्यहीअनुसार निर्वाचन गराइएको ओलीले बताए । कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेर चुनाव जितेको उनको आरोप थियो ।

नीति तथा कार्यक्रमको सुरुमा भनिएझैं निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा नभएको उनले बताए । उनले भने, ‘निर्वाचन स्वच्छ हुन सकन, धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेको छ । बुथ कब्जा नगर भन्यो भने प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएका छन् । उम्मेदवारका घरमा बम पड्काइएको छ । उम्मेदवारका घरका स‍दस्य घाइते भएका छन् । शान्तिपूर्ण भयो सबैतिर ?’

विभिन्न जिल्लामा मतदाताको हत्या भएको र त्यो हत्या गठबन्धनका कार्यकर्ताबाट भएको ओलीको आरोप थियो । निर्वाचन सार्न खोज्दा पनि नसकेको र अशान्तिपूर्ण निर्वाचन गरिएको उनको भनाइ थियो । स्वार्थलाई केन्द्रभागमा राखेर लोकतन्त्रको धज्जी उडाइएको भनाइ राखे ।

निर्वाचन अशान्तिपूर्णको नयाँ कीर्तिमान कायम गरिएको ओलीले आरोप लगाए । ‘यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जै गर्ने खालको सत्तापक्षीय क्रियाकलाप यो तहमा त पञ्चायतले पनि गर्दैन थियो होला । त्यति साह्रो यसपल्ट भयो,’ उनले भने ।

Categories
राजनीतिक समाचार

राजनीतिमा उथलपुथल: नयाँ प्रधानमन्त्रीमा प्रचण्ड, मिति समेत तोकियो !

स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ। यसपटकको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। दोस्रोमा एमाले र तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ। स्थानीय तहको निर्वाचनको पूरा परिणाम नआउँदै सत्ता गठबन्धन भत्किन लागेको चर्चा पनि सुरु भएको छ।

अहिलेको निर्वाचनको परिणामबाट माओवादी केन्द्र उत्साही बनेको छ। उसले ०७४ को निर्वाचनभन्दा आफूलाई सुधारमात्रै गरेन, देशको सत्ता राजनीतिको निर्णायक शक्तिको रुमा पनि स्थापित गरेको छ। सत्ता गठबन्धनका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनको परिणाम सुखद् रहेको प्रतिक्रिया दिईरहेका छन्।

तर, एकीकृत समाजवादी र जनता समाजवादीका केही नेताहरुले भने नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावमा इमानदारिता नदेखाएको गुनासो भने गरेका छन्। एमालेले भने यसपटकको निर्वाचनमा ६ वटै महानगर गुमाउने अवस्था छ। आगामी मंसिरसम्म संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने अहिले नै प्रधानमन्त्री बन्ने अफर आएको चर्चा पनि चलेको छ। एमालेको नेतृत्व तहबाट नै दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दाबी छ।

तर, दाहालले भने एमाले नेतृत्वलाई आफू प्रधानमन्त्री बन्नकै लागि अहिलेको गठबन्धन तोड्ने पक्षमा नरहेको जवाफ दिएका छन्। उनले पाँच दलीय गठबन्धन भत्काउनको लागि अहिले षड्यन्त्र भैरहेको पनि टिप्पणी गर्ने गरेका छन्।

स्थानीय तहको निर्वाचन सुरु नहुँदै कांग्रेसका शीर्ष नेताहरुले पनि दाहाललाई यो गठबन्धन कायम रहन्छ कि रहँदैन?कतै कांग्रेसलाई धोका दिने हो कि? भन्दै गठबन्धनको भविष्यबारे सुनिश्चितता खोजेका थिए। भरतपुरमा आयोजित चुनावी सभामा कांग्रेसका नेताहरुले दाहालसामू यस्तो प्रश्न गरेका थिए।त्यतिखेर पनि दाहालले आफू गठबन्धनप्रति ईमानदार बनेको भन्दै विश्वास गर्न आग्रह गरेका थिए।

अहिले एमाले नेतृत्वबाट दाहाललाई संघको चुनाव गराउनेगरि प्रधानमन्त्री बन्न प्रस्ताव आएपनि दाहाल भने गठबन्धन तोडेर त्यस्तो प्रस्ताव स्विकार गर्ने पक्षमा छैनन् उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने दाबी गर्दै आएका छन्। हालै पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पनि दाहालले यही दाबी गरेका थिए।

यो पनि,

कालिकोटमा दोहोरो गठबन्धनका बाबजुद काँग्रेस दुई पालिकामा सीमित, एमाले शून्य माओवादीको वर्चश्व रहेको कालिकोट जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसले दोहोरो गठबन्धन गरेको थियो । यद्यपि काँग्रेस ९ मध्ये दुई पालिकामा सीमित भएको छ ।

कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो ।सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जिल्लामा तालमेल गरेको थियो । माओवादी केन्द्रले पनि एमालेसँग तालमेल गरेको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले नौवटा स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख/अध्यक्ष र ६ मा उपप्रमुख/उपाध्यक्ष र ३४ वडा वडामा जित हासिल गरेको थियो ।

दोस्रो शक्ति एमालेले तीन पालिकाको प्रमुख/उपप्रमुख र २६ वडामा जितेको थियो । यस्तै नेपाली काँग्रेसले एउटा पालिका र १६ वटा वडामा जितेको थियो ।
यो पटक भने एमाले–काँग्रेसको शक्ति सन्तुलनमा फेरबदल आएको छ । माओवादी केन्द्रले वडामा आफ्नो प्रभाव बढाए पनि अघिल्लो चुनावको तुलनामा २ उपप्रमुख/उपाध्यक्ष गुमाएको छ ।

माओवादी केन्द्रले यस पटक पनि पाँच वटै पालिकाको नेतृत्व पाएको छ भने चारवटामा उपप्रमुख/उपाध्यक्ष र ४८ वटा वडामा आफ्नो वर्चश्व कायम गरेको छ । यस्तै काँग्रेसले दुई वटा पालिकाको नेतृत्व पाएको छ भने दुई वटामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् ।सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले यो जिल्लामा तालमेल गरेर जाने सहमति गरे पनि जिल्लामा तालमेल हुन सकेन । नौ मध्ये शुभकालिकामा काँग्रेस–माओवादीबीच तालमेल थियो भने काँग्रेसले गठबन्धनको सर्कुलर विपरीत तिलागुफा नगरपालिकामा एमालेसँग तालमेल गरेर माओवादीलाई पराजित ग¥यो । यस्तै महावै गाउँपालिकामा एमाले–माओवादीबीच तालमेल भएको थियो ।

एमालेले सत्तारुढ घटकका काँग्रेस र माओवादीसँग आफ्नो स्वार्थ अनुकूल विभिन्न पालिकामा छुट्टाछुट्टै तालमेल गरे पनि कुनै स्थानमा वर्चश्व जमाउन सकेन ।
कालिकोटमा नेकपा एमाले विभाजनको असर नराम्रोसँग देखिएको छ । यहाँ एमालेले पाउने अधिकांश भोट नेकपा एकीकृत समाजवादीले पाएको छ । यद्यपि एकीकृत समाजवादीले पनि जित हासिल गर्न भने सकेन ।

०७४ मै एमालेबाट जनप्रतिनिधि भएका धेरैजसो नेता नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए । उनीहरुले एमालेको भोट काटेका छन् । समाजवादीकै नेता कमल शाहीले खाडाचक्रमा एमालेलेलाई पराजित गरे । शाही स्वतन्त्रबाट लडेका थिए । एमालेले जिल्लाका तीन पालिकामा उपप्रमुख/उपाध्यक्षमा जितेको छ ।

Categories
समाचार

यस्ता पो मेयर त ! हर्क साम्पाङले भर्खरै धरान २० का नागरिकको लागी गरिदिए एति ठुलो फैसला..

धरानका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै मेयर हर्क साम्पाङ खानेपानी मुहानमा पुगेको छ । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।

साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए ।

साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भनेका छन् ।

यस्तै भर्खरै उनले “धरान २० का उपभोक्ताहरुलाई विष्णुपादुका क्षेत्र मै विद्युतको बिल तिर्न पाउने गरी घुम्ती काउन्टर बनाउने निर्देशन दिएको छु ! छिटै यो सेवा प्राप्त हुनेछ ! ५ घण्टा हिँडिरहन पर्नेछैन ! – जय धरान !” भनि आफ्नो फेसबुक पेजमा स्टाटस पोष्ट गरे जुन विष्णुपादुका क्षेत्रका जनताको निम्ती ठुलो राहत मिल्ने देखिन्छ।

यो पनि.. गत बैशाख १२ गते सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागी एक भुँइमान्छे हर्क साम्पाङले उमेदवारी दर्ता गराउँदै गर्दा कसले पो सोचेको थियो होला र उनीनै हुनेछन् धरानको भावी मेयर, तर निर्वाचनको अन्तीम मत परिणाम आउँदा झट्ट सुन्दा असमान्य लाग्ने नतिजा धरानले निकालेको छ ।

भुँइमान्छेको तहमा रहेर धरानबासीका हरेक समस्यामा नजिक बाट लड्दै भिड्दै आएका साम्पाङ अन्तत धरान उपहानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।साम्पाङले आफ्नो नामको पछाडी ‘एउटा क्रान्ति’ भन्ने शब्द जोडेर आफ्नो फेसबुक पेज बनाएका छन् उनको जितले बास्तवमै एउटा क्रान्ति बोलेको छ ।

धरानको मेयरमा निर्वाचित हुने वित्तिकै साम्पाङले सामाजिक संजालमा एउटा स्टाटसले लेख्दै विजय जुलुसमा आउँदा कसैलाई पनि खादा माला नल्याउँनु भनेर अनुरोध गरे त्यसो त उनले चुनावी अभियान भरिनै खादा माला नकिन्नु बरु त्यो पैसाले छोराछोरीलाई कापी कलम किन्नु भनेका थिए यसबाट पनि उनको सोचाइको उचाई कति छ भनेर नाप्न सकिन्छ ।

एकातिर नेपाली काग्रेस , माओवादी केन्द्र नेकपा एस लगायतको गठबन्धन त अर्को तिर एमालेको पनि छुट्टै फुर्तीका साथ निर्वाचनमा तामझामका साथ प्रतिष्पर्धा चलिरहेका बेला एक्लै चुनावी प्रसारमा हिँडेर ,एक्लै पर्चा बाँडेर बिजयी हुन उनका लागी चानचुने कुरा थिएन त्यसैले होला अन्तीम मत परिणाम घोषणा हुँदा साम्पाङले आँशु रोक्न सकेनन् आँखा भएर नुनिला धारा बगिहाल्यो ।

जनताले दिएको भोट नै आफ्नो लागी सबैभन्दा ठूलो सम्मान भएको र त्यसका लागी आफु सदैव ऋणि हुने भन्दै शिरको टोपी राखेर एक भावुक स्टाटस उनले सामाजिक संजालमा पोष्ट गरेका छन् । एउटा भुँइमान्छेले व्यालेट बाट पुरा गरेको सानदार क्रान्तिको चर्चा यति खेर देशै भरि भइरहेको छ ।

धराने जनताको खानीपानी समस्या , भ्रष्टाचार विरुद्धको आन्दोलन लगायतका हेरक सामाजिक मुद्धाहरुमा अग्रमोर्चामा बसेर लडिरहने साम्पाङले यो सफलता भने चानचुने तरिकाले प्राप्त गरेका होइनन् । सबैतिरबाट अपहेलित र बहिस्कृत हुँदा समेत न्यायको लडाइँमा नलर्खराएका उनका खुट्टाले यति खेर बल्ल दरिलो आड पाएको छ ।

जनताको समस्या राख्ने ठाउँ सम्म पनि पत्रकारले नदिएको भन्दै दिउँसै लाइट बालेर जनताको कुरा सुनिदिने पत्रकार खोज्दै हिड्ने साम्पाङलाई खोज्दै अहिले देशैभरका पत्रकारहरुको धरानमा लाइन लागेको छ । उनका कथा र व्यथाहरुले मिडियाका पाना रंगिएका छन् यो दिन सम्म आइपुग्दा उनले भोगेको पीडा र दर्दका कथा भने निकै मन छुने छ ।

समान्य परिवारमा जन्मिएका साम्पाङले वैदेशिक रोजागरीका लागी इराक र अफगानस्थान पुगेर १० बर्ष पसिना बगाएका छन् । यी दुवै मुलुक नेपालीका लागी प्रतिबन्धीत मुलुक हो । अन्यन्तै कष्टर आर्थिक अवस्थाका कारण परिवार पाल्नैका लागी उनले ज्यानको बाजीनै लगाएर जोखिमपुर्ण मुलुकमा गएर काम गरेका थिए । फर्किए पछि निरन्तर धरानका जनताको दुखमा लड्नै आए ।

२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान(१८ बुद्धचोकमा बस्छन्। लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए।

उनको परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन्। उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन्। उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन्। उनको आम्दानीको स्रोत त्यही हो।

उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे।

धरानका खोलानालामा ठेकेदारले जथाभावी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङसहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए। त्यस बेला उनका केही साथी घाइतेसमेत भए। खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तोडफोड गरेको मुद्दामा थुना पनि पठाइएको थियो।

उनी २०७६ मा धरानको उपनिर्वाचनमा उम्मेदवार बने। उनको उम्मेदवारीलाई मतदाताले पत्याएनन्। उनले ४२२ मत मात्रै पाए। एमालेको लालकिल्ला भत्काएर पहिलोपटक कांग्रेसका तिलक राई मेयर बने।

साम्पाङ फेरि सडकमै फर्किए। हाते माइक बोकेर भाषण गर्न थाले। त्यति बेला पनि उनी एक्लै थिए।उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघिसम्म जारी थियो।अरू उम्मेदवारको घरदैलो अभियानमा हजारौंको लर्को लाग्थ्यो। साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिँड्थे।

दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान् दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान्छे ओसारिन्थे। साम्पाङको भाषण सुन्न न स्रोता हुन्थे न ताली ठोक्न समर्थक। स्रोताविहीन चोकमा एक्लै उभिएर उनी आफ्ना कुरा राखिरहन्थे।

बाइक ‍र्‍याली, आमसभा साम्पाङको बुताबाहिरको विषय थियो। ठूला दलका उम्मेदवारहरूले ‍र्‍याली र आमसभा गर्न चिताए मात्रै पुग्थ्यो। सत्ता गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारहरू ठूला सभा र र्‍यालीमा व्यस्त रहँदा उनी भने काँधमा राष्ट्रिय झन्डा भिरेर मतदाता भेट्दै घरघरै लुसुलुसु पसिरहेका हुन्थे।

दलहरूका मञ्चमा कलाकारहरूको भीड लाग्थ्यो। साम्पाङका लागि भने चुनावी गीत गाइदिने अर्को गायक पनि थिएन। त्यसैले आफ्नै अटोमा जडित माइकमा गितार बजाएर उनी आफैं गीत गाउँथे। भाषण आफैं गर्थे। दलहरूका लागि चुनावी घोषणापत्र लेख्ने विज्ञहरूको टिम थियो। उनले आफ्नो प्रतिबद्धतापत्र आफैं लेखेका थिए, त्यो पनि बुँदागत रूपमा मात्रै।

अन्तत उनको विद्रोहको बोलीमा धराने जनताले पनि लोली मिसाइदिएका छन् र भारी मतान्तरले उनी आगामी पाँच बर्षका लागी धरान उपमहानगरपालिकाको मयेर बनेका छन् । उनी माथी जनताले गरेका आशाको चुली जती छ त्यतीनै उनीमाथी चुनौतीको पहाड पनि अगाडी ठडिएको छ । आफुले खोजेको बाटोमा जनताले राजेर पठाइदिए पछि अर्को चुनौतीपुर्ण यात्राको सुरुवाता साम्पाङले गर्दैछन्।

मेयरका रुपमा राज्यले दिने तलब भत्ता लिने तर त्यसभन्दा बढि एक रुपैँया पनि हिनामिना गरेको प्रमाणित गरेका एकहप्तामा राजिनामा दिएर कहिल्यै नफर्कने गरि धरान छोड्ने सार्वजनिक कसम खाएका साम्पाङको सफलता या असफलतालाई धरानले मात्रै होइन सिंगो मुलकले नजिकबाट चिहाइरहने छ ।

Categories
समाचार

बालेन ६० हजार मत नजिक हुँदा सुनिताको ६६ हजार नाघ्यो, दुवैकाे जित सुनिश्चित

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को मत ६० हजार नजिक पुगेको छ । पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याउनु भएको छ ।

यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाउनु भएको छ । उहाँले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाउनु भएको छ । मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैकाे अग्रता लिइरहेकाले दुवैकाे जित सुनिश्चित छ ।

काठमाडौंमा अब बालेन यात्रा
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडौं महानगरको पिताका रूपमा रहनेछन् । बालेनले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् ।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल पपुलर मतसहित विजय हुने निश्चित भएको छ । काठमाडौंमा एक महिनाभित्र बालेनको क्रेज असाधारण रूपमा बढेकोमा दलहरूका शीर्ष नेताहरूसमेत अचम्ममा छन् । काठमाडौंको मेयरमा संस्थापन राजनीतिलाई चुनौती दिँदै हिजोसम्म ¥याप गायकका रूपमा चिनिएका स्वतन्त्र उम्मेदवार बालेनलाई एकाएक समाज परिवर्तनका नायकका रूपमा जनताले विश्वास गरिदिएका छन् ।

वर्षौंदेखि राजनीतिमा होमिएका नेतृत्वका लागि बालेनको यो जित ठूलो सवक र झड्का हो । बुधबार रातिसम्म बालेन्द्र साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको ३५ हजार ३ सय ७१ मत रहेको छ । यस्तै, नेकपा एमालेका भेट्रान उम्मेदावर मानिएका केशव स्थापितको ३४ हजार ६ सय २६ मत रहेको छ । उनी तेस्रोमा पुगेका छन् ।

त्यसैगरी, सम्पदा संरक्षक स्वतन्त्र उम्मेदवार सुमन सायमीको १० हजार ३ सय २२ मत रहेको छ । राप्रपाका मदनदास श्रेष्ठले २९ सय ९६ र विकेकशील साझा पार्टीकी समीक्षा बास्कोटाको ३ सय ४४ मत रहेको छ । उपप्रमुमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतअन्तरका साथ विजयी घोषित हुन मात्र बाँकी छिन् । उनको ५३ हजार ६ सय ४२ मत रहेको छ ।

गठबन्धतर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको १७ हजार ७ सय ६५ मत रहेको छ । राप्रपपाकी विनिता मगैयाको ९ हजार २ सय १२, स्वतन्त्र विद्या श्रेष्ठको ८ हजार ९ सय ९९, स्वतन्त्र वेनीसिंह महर्जनको ४ हजार ९ सय ८९, विवेकशील साझाकी कृति कंसाकारको २ हजार ५१ मत रहेको छ । मत गणना हुन बाँकी रहेको मतभन्दा बढी मतअन्तर रहेकाले प्रमुख र उपप्रमुखको जित सुनिश्चित भइसकेको हो ।

सम्भवतः बिहीबार काठमाडौंको नतिजा आइसक्ने छ । काठमाडौंमा मेयर र उपमेयरमा युवाको नेतृत्वले नयाँ आशा जगाएको छ । यसका साथै उनीहरूमा ठूलो चुनौती रहेकाले पाँच वर्षसम्म उनीहरूको यो क्रेज कायम रहला ना नरहदा भन्नेमा प्रश्न खडा भएको छ । बालेनलाई समर्थन गर्ने चर्चित अनुहारहरूले पनि बालेको जित सुनिश्चित भएसँगै सचेत गराउन थालिसकेका छन् ।

सुरक्षा पन्तले बालेनको जोस र होसको सन्तुलनले जादु गरेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी छन् । ‘एक जनाको मात्र इच्छाले नपुगेर धेरै काम रोकिने वा नहुने अवस्था भएको प्रत्यक्ष देखिरहेको हो । आफ्नो हकमा नियुक्ति गर्न मिल्ने टिम चाँही विचार गरेर छान्नुहोला । जसले तपार्इंलाई काम गर्न सजिलो गरिदियोस् । तपार्इंको अनुपस्थितिमा पनि अर्को बालेन भएर काम गरोस्,’ उनले पनि बालेनलाई अब ब्युरोक्रेसीबाट चुनौती हुन सक्ने संकेत गरेको हुन सक्छ ।

बालेनले भक्तपुर र ललितपुरसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आएकोमा ललितपुर महानगरमा दोस्रोपटक निर्वाचित प्रमुख चिरिबाबु महर्जनले बालेनलाई डाइनामिक स्ट्रक्चरल इन्जिनियर भएको र त्यो ज्ञान आफ्नो महानगरमा पनि प्रयोग गर्न सक्ने बताउँदै बालेनसँगको सहकार्यको संकेत दिइसकेका छन् । बालेनले भक्तपुरसँगको सहकार्यमा काठमाडौंको सम्पदाको संरक्षण गर्ने यसअघि नै बताउँदै आएका हुन् । ‘मेरो एक्पेरिएन्स र उहाँको विज्ञता । यो दुवैको फ्युजन गर्दाखेरि राम्रो रिजल्ट निस्किन्छ भन्ने मेरो ठम्याइ हो,’ चिरिबाबु महर्जनले भने ।

बालेनको उम्मेदवारी घोषणादेखि नै समर्थमा उत्रिएका कलाकार निर्मल शर्माले बालेनको जित सुनिश्चित भएपछि अब विकास निर्माण हेर्न देख्न अनि भोग्न पाइयोस् भनेर प्रतिक्रिया जनाएका छन् । उनीहरूको मात्र होइन आमयुवाले बालेनबाट आशा राखेका छन् । मतगणना सुरु भएदेखि नै सभागृहमा उपस्थित बालेन समर्थकले नाचगान, कविता वाचन गरेर माहोल तताइरहेका छन् । बालेन त्यो भिडमा बेलाबेलामा उपस्थित भएर कसैलाई पनि गाली नगर्न भनिरहेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Categories
समाचार

अब जन्मिन्छन बालेन जस्ता हजारौं उम्मेदवार !

काठमाडौं । काठमाडौँ महानगरपालिकामा बालेन साहले उम्मेदवारी घोषणा गर्दै गर्दा पुराना र परम्परागत प्र्रतिष्पर्धी दलहरुले सायदै सोचेका थिए होलान् किउनले आफूहरुलाई टक्कर देलान् भनेर ।

सबैले गठबन्धन र एमालेबीच भिडन्त हुने आँकलन गरेता पनि ति आँकलनलाई गलत सावित गर्दै बालेन विजयको मुखमा आइपुगेका छन् । यस पटकको स्थानीय तह निर्वाचनमा जनताले शीर्षस्थ दलका नेताहरुलाई राम्रो सवक सिकाए ।

सधै चुनावमा विभिन्न आश्वासन दिएर कार्यन्वयन नगर्ने दलका नेताहरुको प्रवृत्तिबाट आजित आम नागरिकले यो चुनावमा भने नेताहरुलाई गतिलै झट्का दिए ।

चुनावी प्रचारप्रसारमा राम्रै माहोल बनाएका एमाले कांग्रेस लगायतका ठूला दलहरुले परिणाम भने त्यस अनुरुप ल्याउन सकेनन् । घरदैलो कार्यक्रममा त्यत्रा मानिस कहाँबाट ल्याए त्यो उनै दल र दलका नेताहरु जानुन् । तर वास्तविकता भने चुनावको मत परिणामले छरस्प्रष्टै पारिदियो । स्वतन्त्र उम्मेदवार बालेन साहमाथि आममानिसले गरेको यो विश्वास हेर्न लायकै थियो ।

ठूला भनिएका दलहरुलाई पछि पार्दै स्वतन्त्र युवाहरुले चुनावको मतपरिणाम आफ्नो पक्षमा पारेसँगै यसले काठमाडौँ महानगरपालिकाबासीले परिवर्तन चाहेकोप्रष्ट हुन्छ ।

महानगरवासीले परिवर्तनको प्रकृति अनुसार नै परिवर्तनको विगुल फुकेको विज्ञको बुझाई छ । महानगरपालिकामा मात्र नभई आफ्नो विरासत जमाएर बसेका नेताहरुलाई स्वतन्त्र युवा उम्मेदवारहरुले भारी मतान्तरले पराजित गरेको यथार्थ देशैभर चर्चाको विषय बनेको छ ।

यस्तो अवस्थामा अब पनि नेताहरुले जनताले जे भने पनि पत्याउँछ र आफैले भनेको मात्र मान्छ भनेर सोच्छन् भने त्यो नेताहरु आफै परास्त हुँदै जानुको संकेत भएको कतिपयको धारणा छ ।

काठमाडौँ महानगरपालिकामा बालेनले जित्ने निश्चित भइसकेको छ । दलीय व्यवस्था भएको देशमा स्वतन्त्र उम्मेदवारलाई अन्य दलका नेताले सहयोग गरेको हालसम्म देखिएको छैन ।

महानगरबासीका लागि केही गर्छु भनेर मैदानमा आएका बालेनलाई सबैबाट साथ सहयोग अवश्य चाहिन्छ, नै । यस्तोमा बालेन एक्लैले महानगरवासीको चाहाना अनुसार काम गर्न सक्छन् ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । दलका झुण्डबाट बालेन नडराउने, नगरसभालाई सञ्चार मैत्री र पारदर्शी गराई अरुले असयोग गर्ने अवस्था नै सृर्जना गर्न नदिने समर्थकको दावी छ ।

महानगरबासी बालेनबाट व्यक्तिगत केही चाहदैनन् । समाजमा रहेको वेथितिको अन्त्य गर्दै काठमाडौँलाई व्यवस्थित सहरमा रुपान्तरित गरेको हेर्न चाहन्छन् । साथै, राजधानीबासीले दैनिक भोग्नुपरेको समस्याको समाधान भए उनीहरुलाई पुग्छ ।

ठूला दलको दबदवा रहेको देशकै राजधानीमा विना कुनै राजनीतिक पृष्ठभूमिबाट आएका बालेनलाई महानगरबासीले ठूलो विश्वास गरे । जुन विश्वासमा उनी मेयर बन्ने पक्का नै भइसकेको छ । अब यो विश्वासलाई मर्न नदिन उनको आगामी यात्रा केन्द्रित होला रु त्यो भने समयसँग्र प्रष्ट हुने नै छ ।

Categories
समाचार

बालेनले जिते राजनीति नै छाड्ने घोषणा गरेका आङकाजी अब के गर्लान् ? (भिडियोसहित)

काठमाडौं / काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले लोकप्रिय मत ल्याएपछि राजनीतिक दल परिवर्तन हुन नसकेको भन्दै विभिन्न विश्लेषण सुरु भएका छन्।

बालेनले जिते राजनीति नै छाड्ने घोषणा गरेका आङकाजी शेर्पा मिडियामा आएका छन । राजावादी बाट परिचालित बालेन शाहले जित असम्भब रहेको बताए । बालेनले जिते सिस्टम नै फेल हुनेसमेत उहाँको बुझाइ छ। थप जानकारीको लागी हेर्नुहोस् भिडियो सामाग्री

राजेन्द्र लिङ्देनले पार्टीको नेतृत्व गरेपछि राप्रपाले यो स्थानिय तहको चुनावमा राम्रो स्थिती बनाएको छ । देशभरका केही महत्वपूर्ण नगरपालिका हात पारेको छ भने धेरै वडाहरुमा जित निकालेको हो । यसैबी, राप्रपाबाट नगरप्रमुख बनेका एक युवा उम्मेवारले दिएको बयान लाखौं करोडौं खर्च गर्ने उम्मेवारलाई महाज्ञान बनेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा ३३ वर्षीय युवा अजय थापाले मेयर जितेर धेरैलाई आश्चर्यमा पारेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूको दबदबालाई पन्छाउँदै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा बाजी मारेका हुन्। उनले एमालेका महादेव पोखरेललाई ४७४ मतान्तरले पराजित गरेर ५ वर्षका लागि शिवराजको बागडोर सम्हाल्ने जिम्मा पाए। थापा २०७४ सालमा पनि राप्रपाबाट शिवराज नगरपालिकामा मेयरको उम्मेदवार बनेका थिए।

त्यसबेला एमालेका नेत्रराज अधिकारी मेयरमा विजयी भएका थिए। संघीय समाजवादी फोरम दोस्रो स्थानमा थियो। त्यस बेला कांग्रेसका उम्मेदवारलाई पछि पार्दै थापा तेस्रो स्थानमा थिए। मेयरमा पराजित भएपछि उनी कांग्रेसमा प्रवेश गरे। २०७४ मंसिरमा भएको चुनावमा थापा कपिलबस्तु ३ ‘क’ मा कांग्रेसबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। तर पराजित भए।

Categories
स्वास्थ्य

सावधान ! यी खानेकुरा खाली पेट खाँदै हुनुहुन्छ ? निम्तिन सक्छ अल्सर र क्यान्सरसम्मको रोग

काठमाडौँ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारभर पेटभर खान नपाउनेको संख्या धेरै नै छ । करोडौँ नागरिक कुपोषणका कारण मृत्युको मुखमा पर्ने गरेका छन्। तर खाना खान पाउने व्यक्तिमा पनि विभिन्न खालका स्वास्थ्य समस्या निम्तिने गरेको छ ।

केहीलाई आवश्यकता भन्दा धेरै खानेकुराले असर गरेको छ। हामी मध्ये केहीले कतिखेर के खाने ? भन्ने जानकारी नपाउँदा स्वास्थ्य समस्या झेल्ने गरेका छौँ । आज हामीले खाली पेटमा खान नहुँने खानेकुराका बारेमा जानकारी प्रस्तुत गर्दैछौँ।

दूध चिया: नेपाली समाजमा चियालाई संस्कारको रुपमा लिने गरिन्छ । कुनै नयाँ ठाउँमा गएमा सबैभन्दा पहिले चियाबाट सम्मान गरिन्छ । कतिपयलाई त बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै नहुने लत बसिसकेको हुन्छ । बिहान उठेर चिया नपिए जाँगर त चल्दैन भनेर धेरैले टिप्पणी गर्छन् । तर, एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थयबारे सोच्ने बेला भयो । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ। यसले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पुर्याइरहेको छ । चिकित्सकहरुले दूध चिया खाली पेटमा खान नहुने बताएका छन्।

गोलभेंडा:गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर खाली पेटमा गोलभेंडा खादा त्यसले प्रतिकूल असर गर्छ । फेसमा चमक ल्याउन समेत यसको प्रयोग हुन्छ । खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्नेजस्ता स्वास्थ्य समस्या निम्तिने गरेका छन्। त्यसैले चिकित्सकहरुले गोलभेंडा पनि खाली पेट खान नहुने बताएका छन्।

चिसो पेय पदार्थ: खाली पेटमा चिसो पेय पदार्थ पनि पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स खाली पेटमा खानु हुँदैन। खाली पेट चिसो पेय पिउने व्यक्तिको पाचन क्रिया नै सुस्त हुन्छ। पेय पदार्थमा हुने कार्बोनेट एसिड पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकी हुने, वान्ता हुने, असहज हुने लगायतका स्वास्थ्य समस्या निम्तिने गर्छन्।

औषधि: खाली पेटमा औषधि खाँदा होसीयार हुनुपर्छ । औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन सक्छ । त्यसैले धेरै प्रकारका औषधि खाना खाएपछि मात्र खानुपर्छ । चिकित्सकले एन्टासीडलगायतका सीमित औषधि मात्र खाली पेटमा खानका लागि सुझाब दिन्छन् । अन्य औषधि खाली पेट खाँदा रोग निको हुनुको सट्टामा झन्झन् स्वास्थ्य समस्या बढ्ने देखिन्छ । नयाँ स्वास्थ्य समस्या थपिने गरेको एक अनुसन्धानले देखाएको छ

मसालेदार खाना: ब्रेकफास्टमा मसालेदार खाना खानु पनि स्वास्थ्यका लागि घातक मानिन्छ । मसलेदार, स्पाइसीले स्वास्थ्यमा ठूलो समस्या ल्याउँछ । सुरुमै तपाईले मसालेदार र स्पाइसी खानेकुरा खाँदा एसिडिटीको समस्या निम्तिन्छ। यसले पेट पोल्ने, डकार आउने, अल्सर हुने र क्यान्सरसम्म निम्तिन सक्ने विभिन्न प्रतिवेदनले देखाएको छ।

केरा: खाली पेटमा केरा कहिल्यै खानु हुँदैन । केराले छिटो तौल बढाउन मद्दत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो होइन्। केराले हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ। परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, डकार आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिने हुन्छ । त्यसैले खाली पेटमा केरा खानु हुँदैन।

सोडा: खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ। पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ।

सखरखण्ड: सखरखण्डमा प्रशस्त प्रोटिन हुन्छ । खाली पेटमा यसको सेवन राम्रो हुँदैन । सखरखण्डमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ। परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुने विभिन्न अध्ययनमा उल्लेख छ।

रक्सी: रक्सी र रक्सी जन्य खानेकुराहरु खाली पेटमा खानु पनि विष सरह मानिन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि पुष्टि गरेको छ। खाली पेटमा घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत भएका विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन्। चिकित्सकहरुले बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ खान नहुँनेमा जोड दिएका छन् । यसले मानिसलाई मृत्युको मुखमा समेत लैजाने सम्भावना हुन्छ।