Categories
राशिफल

आजको राशिफल: वि.सं. २०७६ ज्येष्ठ ०५ गते आइतबार

वि.सं. २०७६ ज्येष्ठ ०५ गते आइतबार तदनुसार ई. सं. २०१९ मई १९ तारिख, ज्येष्ठ कृष्ण प्रतिपदा, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, परिघ योग, बालब र कौलव करण, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, भोलिको मूहुर्त : अग्निवास(होमादि), चूडाकर्म(छेवर),

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०५:०५ देखि ०६:४७ सम्म, यमघण्ट : दिउँसो १२:०१ देखि ०१:४२ सम्म, गुलिक काल : दिउँसो ०३:२४ देखि ०५:०५ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:२४ सम्म, अमृत वारवेला : बिहान १०:२० देखि १२:०१ सम्म, लाभ वारवेला : बिहान ०८:३८ देखि १०:२० सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज झिनामसिना समस्याको सामना गर्दै निरन्तरको लगनशीलता र संघर्षपछि सफलता प्राप्त हुने दिन हो । चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोणले दूरगामी सकारात्मक परिणाम प्रदान गर्नेछ । दानपुण्यप्रति आकर्षित बन्नुहोला । झैझगडा र मुद्दामामिलाबाट फाइदा नै हुनेछ । आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ, तपाईंका विचार र भावनामा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति वा भाइबहिनीका समस्या हल गर्न केन्द्रित हुनु पर्नेछ र तिनको शिक्षादीक्षा र भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । इष्टमित्र र बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनको अवसर पनि जुर्नेछ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा धेरथोर समय दिइने छ । बौद्धिक र सृजनात्मक क्षमतामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । मन भावुक र प्रेमिल बन्नाले गरेको काममा अवरोध हुने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चौथो घरको चन्द्रमाले मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक मर्यादामा प्रतिष्ठा प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । घरायसी परिबन्दले खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । गहना, कपडा वा धातुको कुनै वस्तु किन्दै हुनुहुन्छ भने मोलतोल गर्न नबिर्सनु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा समय प्रदान गर्नुपर्नेछ । आवश्यकता अनुरूप बन्दव्यापारमा समय दिन सकिंदैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु नै ठिक हुनेछ । कल्पना र भावनामा केन्दित भइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिन राम्रै भए पनि आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । कडा मिहिनेतका कारण गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिने छ । नचाहेको क्षेत्रमा विभिन्न जिम्मेवारी वहन गर्दै दौडधूप गर्नु पर्ने दिन छ । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । तर सचेत रहनु होला, सामान हराउने वा प्रतिफल नआउने क्षेत्रमा धनखर्च हुनसक्छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । मनोरञ्जन वा खेलवाडबाट टाढा बस्नु जायज हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । त्यसैले सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन् । धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ । दाजुभाइ र दिदीबहिनीले कामधन्दामा चाहेजस्तो सहयोग गर्ने छैनन्, यद्यपि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । कर्म गरेअनुरूप भाग्य निर्माण हुने दिन छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Categories
राजनीतिक

सडको नामै कांग्रेस, एमाले !

बैतडी : दशरथचन्द नगरपालिका–२ देहिमान्डु बजारबाट पाटन–पञ्चेश्वर सडक जोड्न २०५७ मा नयाँ ट्र्याक खोल्ने प्रयास भयो। तर, केही स्थानीयले जग्गा मासिने भनेपछि जिल्ला सभापति जयसिंह विष्टको योजना पूरा भएन। जिल्ला सदरमुकामबाट पञ्चेश्वर सडक जोड्ने छोटो दूरी (झन्डै सात किलोमिटर) देहिमान्डु मात्र विकल्प थियो।

तत्कालीन जिविसले २०७२÷७३ मा दरशथचन्दकै सिलङाचौरबाट पाँच किलोमिटर ट्र्याक खोल्यो। यसले पाटन–पञ्चेश्वर सडकको कुमालीगाडमा जोड्छ। त्यही बेला अलि पर घुसुल्ला मोडबाट कुमालीगाडसम्म कांग्रेस नेताले अर्को सडक खन्न सुरु गरे। कांग्रेसका तारादत्त बडू र हरिदत्त शर्मा उपभोक्ता समितिका अध्यक्ष भए। ‘हामीले पछि तिर्ने सर्तमा ३८ लाख रकम जनताबाट उठाएर सडक खन्न सुरु गर्‍यौं’, दशरथचन्द नगरपालिकाका प्रवक्तासमेत रहेका ७ नम्बर वडाध्यक्ष चक्र शर्माले भने। उनका अनुसार नयाँ ट्र्याकको नाम कांग्रेस सडक राखिएको छ। ‘सडकको ट्र्याक खोल्न कांग्रेसका प्रतिनिधिले अगुवाइ गरेकाले जनमानसमा त्यसलाई कांग्रेस सडक भन्छन्’, उनले भने। यो सडकका केही स्थानमा ग्राभेल गरिएको छ। सडकले दशरथ चन्दनगरपालिका–२ ज्वाकट्या र दुधेखाली गाउँ जोड्छ।

तत्कालीन एमालेले पनि २०५७ मा जग्गा विवादले रोकिएको स्थानबाट कुमालीगाडसम्म ट्र्याक खोल्ने काम सुरु गर्‍यो। कांग्रेसको पकड भएको स्थानमा सडक जाने भएपछि एमालेले पनि आफ्नो क्षेत्रमा ट्र्याक खोल्ने काम गरेको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर बोहराले बताए। ‘हामीले कार्यकर्ताबाट ३० लाख रकम उठायौं’, उनले भने, ‘केही रकम जनकालिका सहकारीबाट ऋण लिएर सडक ट्र्याक खोल्यौं।’ उनी स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्ष पदमा उठेर हारेका थिए।

घुसुल्ला मोडबाट कुमालीगाडसम्म कांग्रेस सडक, देहिमान्डुको नयाँ बजारबाट कुमालीगाडसम्म एमाले सडक र सिलङाचौरबाट कुमालीगाडसम्म सर्भे सडकका नामले चिनिन्छ। जिविसले खनेको सडकमा ८० लाख रुपैयाँ खर्च भएको थियो। कांग्रेस सडकमा जिविस र नगरपालिकाले ८१ लाख रकम खर्च गरेका छन्। एमाले सडकमा जिविसको १९ लाखसहित ३५ लाखभन्दा बढी खर्च भएको छ। ‘हामीले जनताबाट उठाएको साढे १६ लाख रकम अझै तिर्न बाँकी छ’, एमाले सडकका उपभोक्ता समिति अध्यक्ष बोहराले भने, ‘सहकारीको २ लाख त म एक्लैले तिरेको छु।’

बैतडीको दशरथचन्द नगरपालिकामा तल्लो एमाले, माथिल्लो कांग्रेस सडक।

उनका अनुसार जिविसले बनाएको सडक महारुद्र मसानघाट भएर जाने भएकाले महिलाहरू हिँड्दैनन्। महिनावारी भएका महिला मसानघाट थानबाट जानु हुँदैन भन्ने मान्यता छ। ‘ठकुरी महिलाले त अझै महिनावारी नभएका बेला पनि जानु हुँदैन भन्ने मान्यता छ’, उनले भने, ‘त्यही थानमा सडक गएकाले हामीले अलग्गै ट्र्याक खोलेका हौं।’ जिविसको सडकले एक मात्र जरकट्या बस्ती छुने भएकाले त्यो अपायक भएको दाबी उनले गरे।

यसपटक तीनै सडकमध्ये स्तरोन्नतिका लागि कुनमा बजेट पार्ने भनेर विवाद देखिएको छ। तत्कालीन एमालेबाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित लीलाधर भट्टले एमाले सडक सबैभन्दा बढी गाउँ भएर जाने र छोटो पनि भएकाले त्यसमा बजेट विनियोजन भएको बताए। उनले आफ्नो सांसद विकास कोषबाट १५ लाख विनियोजन गरेका छन्। एमालेबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले २० लाख रकम छुट्याएका छन्। ‘ग्रेड मिलाउन रकम विनियोजन गरिएको हो’, भट्टले भने, ‘सबैभन्दा छोटो सडक छ।’

कांग्रेसका जिल्ला सभापति नरेन्द्र थापाले भने घुसुल्ला मोडबाट कुमालीगाड हुँदै सुर्कालको ढलौनसम्म १० किलोमिटरका लागि डीपीआर तयार भइसकेको बताए। ‘अब डीपीआर भएको सडकको स्तरोन्नति गर्ने कि अरू कुनै ? ’, उनले भने, ‘यो जसले पनि थाहा पाउने कुरा हो।’ कांग्रेस नेता रमेश लेखक भौतिक पूर्वाधारमन्त्री भएका बेला जिविसमार्फत रकम आएको उनले सुनाए।

संघीय सांसद दामोदर भण्डारी अर्थ राज्यमन्त्री भएका बेला तीनै सडकका लागि जिविसबाट रकम आएको नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको भनाइ छ। ‘खन्न सुरु भइहाले, गन्तव्यसम्म पुगाउनै पर्ने भयो’, उनले भने, ‘त्यसैले एमाले, कांग्रेस नभनेर रकम विनियोज भएको हो।’
बैतडीको दशरथचन्द नगरपालिका–२ मा एमाले र कांग्रेस सडक जोडिएको ठाउँ।

Categories
ताजा समाचार

विपन्न बस्तीमा सेनाको नि:शुल्क स्वास्थ्य शिविर

लमजुङको सुन्दरवजारमा नेपाली सेनाले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा चारसय भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका छन् । नियमित स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामिण भेगका बासिन्दालाई मध्यनजर गर्दै नेपाली सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

जिल्लस्थित नेपाली सेनाको श्रीजङ गणको आयोजनामा सुन्दरवजार–६, खत्रेठाँटीमा शिविर सञ्चालन भएको हो । शिविरमा जनरल स्वास्थ्य परिक्षण, दाँत सम्वन्धी जाँच तथा उपचार र नि:शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा आएकामध्ये अधिकाँशमा उच्च रक्तचाप, चिनीरोग, शारिरीक दुर्वलता तथा पेटको समस्या भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् ।

शिविर व्यवस्थापनका लागि काठमाडाैं ढोडसिङ समाजले सहयोग गरेको थियो भने दाँत सम्वन्धी उपचारको लागि चितवनस्थित चितवन डेन्टल होम प्रालिले सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।

नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई प्रगाढ बनाउन र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका विपन्न वर्गमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरीएको श्रीजङ गणले जनाएको छ । शिविरमा स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श र विभिन्न विरामीपनबारे जानकारी गराइएको थियो ।

नेपाली सेनाको श्रीजङ गणको आयोजनामा सुन्दरवजार–६, खत्रेठाँटीमा शिविर सञ्चालन भएको हो । शिविरमा जनरल स्वास्थ्य परिक्षण, दाँत सम्वन्धी जाँच तथा उपचार र नि:शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा आएकामध्ये अधिकाँशमा उच्च रक्तचाप, चिनीरोग, शारिरीक दुर्वलता तथा पेटको समस्या भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् ।

Categories
प्रवासी

संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा नेपाली कामदारको जापानजाने सपना अझै अनिश्चित

काठमाडौं : आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो।

स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन। संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो। जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन। जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याउन थालेको छ। भियतनाम र फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार लैजाने जापानको पछिल्लो रणनीति छ।

नेपाल र जापानबीच गत चैत ११ गते श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको थियो। समझदारीपश्चात दुई देश सम्मिलित उच्च प्राविधिक टोलीबीच बैठकसमेत बस्न सकेको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जापान रोजगारसम्बन्धी थप प्रक्रिया अघि नबढेको बताए। जापानबाटै भाषा र सीपको परीक्षण हुने भनिए पनि नटुंगिएकाले केही समय ढिलाइ भएको उनको बुझाइ छ। ‘जापान रोजगारी ईपीएसजस्तै मोडेलमा अघि बढ्छ’, उनले भने, ‘उताबाट टुंगेपछि वैदेशिक रोजगार विभागमा जापान युनिट स्थापना हुन्छ। जापान रोजगारीका लागि जापानका धेरै निजी कम्पनीले सहजीकरण गर्न चासो व्यक्त गरेका छन्। भाषा परीक्षा र सीप परीक्षणसँगै उनीहरूले रोजगारदाता र कामदारको म्याचिङ गराउन चाहे पनि जापान नै अन्योल हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। जापानले भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि जापान एसोसिएसन गठन गर्ने तयारी गरेको छ।

इन्टरनेसनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउन्डेसन (आईएचएन)का अध्यक्ष यासिहारु कोमियामाले केही समयअघि नेपाल आएका बेला संयन्त्र निर्माण भइनसकेकाले तत्काल नेपालबाट कामदार जान नसक्ने बताएका थिए। भाषा परीक्षा लिन नेपालमा अझै कोही तयार नभएकाले जापान रोजगारी पर धकेलिएको उनको भनाइ थियो। जापानी रोजगारी चर्चासँगै देशभर लाखौं विद्यार्थीले भाषा अध्ययन गरिरहेका छन्। रोजगारी निश्चित नहुँदा विद्यार्थीको संख्या घट्दै गएको जापानिज भाषा इनिस्च्यिुटले बताउन थालेका छन्। विश्वभाषा क्याम्पसका जापानिज तथा चाइनिज भाषा शिक्षक हरिहर कार्कीले शिक्षकको क्षमता थाहा पाएर मात्रै पढ्न भाषा इन्स्टिच्युट जानुपर्ने सुझाउँछन्। ‘होर्डिङ बोर्ड हेरेर मात्र पढ्न गइहाल्न हुँदैन’, उनले भने, ‘राम्रोसँग बुझेरमात्र इन्स्टिच्युट छनोट गर्नुपर्छ।’ अधिकतम तह पास गरेको शिक्षक छनोट गर्न उनले सुझाए। भाषामा निपुर्णता र सीपमा दक्षता भएकाले ढिलोेचाँडो अवसर पाउनेछन्।

जपानले पहिलो चरणमा नेपाललगायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने कामदारलाई नै प्राथमिकता दिने योजना अघि सारेको छ। उनीहरूलाई वर्किङमा सिफ्ट गरेर अवसर दिने जापानको योजना छ। जपानले १४ क्षेत्रमा रोजगारी खुला गरेको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा काम गर्नुपर्नेछ।

नेपालका लागि नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने सम्भावना छ। जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्नेछ। एन फोर तहको अनिवार्य भाषा पास गर्नुपर्छ। नर्सिङका लागि एन थ्री तहको भाषा चाहिन्छ। भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउनेछन्। जापानमा मासिक दुई लाखभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आगामी पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ।

Categories
आर्थिक

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमबाट पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२बजेबाट लागुहुनेगरी तीन इन्धनको मुल्य घटनाएको हो।

नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपै‌याँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपै‌याँ घटाइएको छ। हवाई इन्धन र एलपि ग्याँसको खुद्रा मूल्य यथावत राखिएको छ।

मूल्य घटेपछि प्रति लिटर पेट्रोल १०८.५०, डिजेल र मट्टीतेल ९७ कायम रहेको निगमले जनाएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको हो ।

Categories
राशिफल

आजको राशिफल: वि.सं. २०७६ ज्येष्ठ ०४ गते सनिबार

वि.सं. २०७६ ज्येष्ठ ०४ गते सनिबार तदनुसार ई. सं. २०१९ मई १८ तारिख, जेष्ठ शुक्ल प्रतिपदा, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, सौभाग्य योग, किंस्तुघ्न र बब करण, आजको चाडपर्व र उत्सव : ललितपुरमा मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्यरथयतइगु), आजको मूहुर्त : अग्निवास(होमादि), भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, त्रिपुष्कर योग बिहान ०४ बजेर २४ मिनेटपछि, भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),

आजका लागि अशुभ समय :
राहु काल : साँझ ०५:०० देखि ०६:३९ सम्म, यमघण्ट : दिउँसो १२:०१ देखि ०१:४१ सम्म, गुलिक काल : दिउँसो ०३:२० देखि ०५:०० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
शुभ वारवेला : दिउँसो ०१:४१ देखि ०३:२० सम्म, अमृत वारवेला : बिहान १०:२२ देखि १२:०१ सम्म, लाभ वारवेला : बिहान ०८:४३ देखि १०:२२ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । हाँकेका र ताकेका काममा सफलता मिल्नेछ ।

शुभरङ्ग : सिन्दूरे रातो, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने : हडबड र शीघ्रता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा मात्र कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ ।

शुभरङ्ग : सेतो वा बैैजनी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दान, धर्म, परोपकार, के नगर्ने : रिसराग, उद्वेग र क्रोध

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । अभिभावकको आशीर्वाद लिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : महालक्ष्मी, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने : लोभ र मोह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । आध्यात्मिक भावनाको उदय हुनेछ । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । बन्दव्यापार र कामधन्दामा समेत राम्रो छ ।

शुभरङ्ग : सेतो वा पहेंलो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : कुलगुरु÷शिवजी, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने : आडम्बर र ढोंगीपन

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आठौं चन्द्रमाका बाबजुद राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमङ्ग देखापर्ने छ, शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल एवं विपरीत परिस्थिति भए पनि सचेतता अपनाउनाले कुनै महत्त्वपूर्ण काम निप्ट्याउने अवसर प्राप्त हुनेछ । घरायसी वातावरण आफ्नो अनुकूल हुनेछ । प्रेमप्रसङ्ग र प्रणयलीलाका लागि राम्रो समय छैन । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । महत्वपूर्ण काम गर्नु छ भने गोप्य राखेमा सफलता मिल्नेछ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने : असुरक्षित यात्रा

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जन र रमझममा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : परिवारमा अधिकतम समय दिने, के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।

शुभरङ्ग : हलुका सेतो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भगवान् शङ्कर, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मुखमा सरस्वतीको बास छ, त्यसैले आज ज्ञान र सिप बाँडेर जस लिने समय हो । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । हितैषी र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । बन्दव्यापार र व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् । भावनामा मन रुमल्लिने समय छ, पत्नी वा प्रेमिकासँगको सम्बन्ध सुदृढ बन्नेछ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने : बुद्धिको दुरुपयोग

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चौथो घरको चन्द्रमाका कारण शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । अभिभावक वा नातागोताको कुनै ज्येष्ठ सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिने छ । सेवासुश्रुषामा समय र धन खर्च हुनसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । शरीरमा स्फूर्ति र उमङ्ग देखिंदैन । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । आवेग र क्रोध आजका शत्रु हुन्, यथासम्भव संयम र अनुशासित भएर बस्नु पर्नेछ ।

शुभरङ्ग : रातो वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : भगवती दुर्गा अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।

शुभरङ्ग : गाढा नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने : घमण्ड

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ, अप्रत्यासित लाभ हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । इज्जत र प्रतिष्ठा बढ्ने छ ।

शुभरङ्ग : घिउ रङ, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः , न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने : अनावश्यक खानपान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Categories
ताजा समाचार

मन्त्री हुनु त गोकुल जस्तो

कवच भनेको सञ्चारमन्त्री गोकुल बास्कोटा जस्तो हुनुपर्छ । गलतै काम भइरहेका होऊन्, कुतर्कै गरेर ढ्याप्पै ढाकिदिने । आफ्ना व्यक्तिले बदमासी गरे विचरा निर्दोष । क्षतिपूर्ती पो दिनुपर्छ त’ भनिदिने । कुकर्मको आलोचना भयो भने अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रप शैलीमा ‘फेक न्युज’ भनिदियो, सक्किगो !

सेखी झार्ने रणनीतिको त के कुरा गराइभयो र ! चोरका हजार दाउ भन्ने उखानै माथ गर्न लागिसके उनले । स्वतन्त्र सञ्चारको मुखमा ताला ठोक्न एक से एक उपायहरु छन् उनीसँग । जाबो लोकतन्त्रवादीहरुको दिमाग कहाँ यत्तिको तेजिलो हुन्छ र ? उनले फुराइरहेका उपायहरु हेर्दा लाग्छ, उनको गुरु पक्कै कुनै महान् मण्डले नै हुनुपर्छ, जसले लोकतन्त्रका मर्ममाथि प्रहार गर्ने एक से एक कला सिकाएर उनलाई दीक्षित गराइरहेका छन् । लोकतान्त्रिक सोच र लोकतान्त्रिक विचार भएका भए उनी पेशागत कर्म गरेकै आधारमा पत्रकारलाई कसरी जेल हाल्न सकिन्छ, देखेको लेख्ने, बोल्ने र देखाउने वातावरण कसरी धमिल्याउन सकिन्छ भनेर दिव्यज्ञान प्राप्त गर्न यसरी दिनरात पक्कै मरिहत्ते गर्ने थिएननन् होला ।

उनका गुरु अनि निरंकुश दिव्यज्ञानले वाक तथा प्रेस स्वतन्त्रताको वातावरण धमिल्याउन ताल–तालका उपाय सुझाइरहेका छन् । ध्यान मुद्रामा हुँदा उनको दिव्य ज्ञानले कहिले विज्ञापन ऐन देखाइदिन्छ, त कहिले मिडिया काउन्सिल विधेयक देखाइदिन्छ । सञ्चारसम्बन्धी छाता ऐन, विद्युतीय कारोबार ऐन, अन्य के–के ऐनहरु अझै बाँकी नै छन् वाक तथा प्रेस स्वतन्त्रतालाई डम्प गरेर सूचनाका स्वतन्त्र संवाहकहरुलाई ठिङ्गुर्याउन । ज्ञानेन्द्र शाहले समाचार कक्षमा टाटोपाटे पोशाकधारीलाई बन्दुकसहित पठाएर कसरी कलमको निबको मसी आफूअनुकूल चलाउने प्रयास गरेका थिए, बास्कोटा पनि पक्कै जानकार छन् । त्यो बेला पुलतीसडकतिर एक कोठामा साप्ताहिक पत्रिका पोको पारेर हिँड्थे उनी । उनको न्युज रुममा टाटोपाटे सेन्सरकर्ता पुगे या पुगेनन् । नपुगेका भए पनि त्यो बेला बन्दुकसँग कलमको भरमा जुधेर जितेकाहरुको संस्मरण त पक्कै पढेका नै होलान् !

धन्न, उनको गुरुले त्यत्तिसम्म सुझाव दिन भ्याएका छैनन् र मात्र । नत्र त उनी के चुप लागेर बस्थे र ! त्यो क्षण लाइफमै अनुभव गर्न नपाएका अहिलेका नयाँ पुस्तालाई हिजो माघ १९ को प्रत्यक्ष अनुभव गर्ने अवसर पक्कै दिन्थे उनी । लोकतान्त्रिक मुलुकमा लेखेको, बोलेको र देखाएको आधारमा पत्रकारलाई जेलमा सडाउने अलौकिक योजना सल्लाहबिना एक्लै त पक्कै ल्याएका हैनन् नै होला ।

चिन्ता के छ र ? पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहिना नै छन् । झण्डै दुई तिहाई मत छँदैछ । चार वर्ष कसले हल्लाउन सक्छ र ? चार वर्षपछि देखा जाएगा ! रेल, पानीजहाज ल्याउन खोज्दाखोज्दै जाबो वाइडबडीमा भएको जाबो चार अर्ब जति यताउता हुँदा भ्रष्टाचार भने भनेर देखाउने अनि बालुवाटारको त्यत्रो रोपनी जग्गाहुँदाहुँदै नेकपाका महासचिव विष्णु पौडेलको स्यानो आठ आने टुक्रा जग्गा मात्र देख्ने पत्रकारलाई पठाउनुपर्ने जेलै हो ।

ठीक छ मन्त्रीज्यू, लागिरहनुस् । लाग्नैपर्छ, प्वाख नउम्रेसम्म ।

Categories
ताजा समाचार

माओवादी र सेनाको अन्तिम लडाइँ स्थल, जहाँ होमस्टे सञ्चालन भयो

कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीसँगै माओवादी युद्धको लामो इतिहास समेटिन्छ ।

यही ऐतिहासिक ठाउँ अहिले यसरी फेरियो कि, यहाँका स्थानीयहरु बदलिँदो गाउँको मुहारदेखि दंग छन् । पिली त्यही ठाउँ हो, जहाँ तत्कालिन माओवादी युद्धको अन्तिम लडाइँ भएको थियो । सोही ठाउँमा पर्यटक भित्र्याउन अचेल सुन्दर होमस्टे सुरु भएको छ । कर्णाली सामुदायिक होमस्टे सञ्चालन भएपछि गाउँलेहरु पर्यटक बोलाउँदै आम्दानी बढाउने धन्धामा छन् । युद्ध पर्यटकीय स्थलका रुपमा चिनिँदै आएको पिलीमा स्थानीय युवाहरुको सक्रियतामा कर्णाली सामुदायिक होमस्टे सञ्चालन भएको हो ।

करिब १ सय ५ घरधुरी रहेको पिली गाउँका पाँच घरमा मात्रै होमस्टे सुरु गरिएको हो । सुरुमा नयाँ प्रयोगको रुपमा थोरै घरमा होमस्टे सुरु गरिएको गाउँलेहरु बताउँछन् । यद्यपि, गाउँको अर्गानिक उत्पादन, संस्कृति र युद्ध इतिहासलाई फैलाउने प्रभावकारी माध्यम होमस्टे बनेको उनीहरुको भनाइ छ । कर्णाली सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव पुत्रबहादुर मल्ल भन्छन्, ‘होमस्टे सञ्चालन भएपछि गाउँको पहिचान नै बदलिएको छ ।’

२०६२ साल साउन २३ गते तत्कालिन बिद्रोही माओवादीले सडक निर्माणमा खटिएको नेपाली सेनाको अस्थायी क्याम्पमा आकर्मण गर्दा भिषण भिडन्त भएको थियो । जहाँ नेपाली सेनाका ६२ जना, माओवादीका २७ जना, एकजना स्थानीय ठेकेदार शक्ति मल्ल सहित ९० जनाले ज्यान गुमाएका थिए । यही इतिहासलाई पर्यटनको माध्यमबाट समेट्ने स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । खाँडाचक्र नगरपालिका र कर्णाली प्रदेश सरकारले माओवादी युद्धको अन्तिम भिडान्त भएको ठाँउ भन्दै युद्ध पर्यटकीय स्थलका रुपमा विकास गर्न खोजेको बताइन्छ ।

हालका लागि पिलीमा स्थानीय पुत्रबहादर मल्ल, नरबहादुर कार्की, नरेन्द्रबहादुर मल्ल, हरिबहादुर मल्ल र कृष्णबहादुर मल्लको घरमा मात्रै होमस्टे सञ्चालन गरिएको छ । हामेस्टेमा भएको आम्दानीको ५ प्रतिशत कर संस्थालाई र ३ प्रतिशत कर वडा कार्यालयलाई उनीहरुले बुझाउनु पर्नेछ । होमस्टे सञ्चालक नरबहादुर कार्कीले धेरैजसो आन्तरिक पर्यटक र कहिले बाह्य पर्यटक पनि आउने गरेको बताए ।

जसबाट आफूहरुले मासिक रुपमा ३० देखि ४० हजार आम्दानी गर्ने पनि उनले बताए । उनका अनुसार पिलीमा स्थानीय अर्गानिक उत्पादन, कोदोको ढिँडो, रोटी, फापरको लगर, सिस्नोको राब्लो, आल्लोको राब्लो, लोकल कुखुरा र खसी, मकैको ढिँडो लगायत परिकार पाइन्छ ।

कर्णाली प्रदेशसभा सदस्य तथा कर्णाली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कुर्मराज शाहीले युद्ध पर्यटनका दृष्टिले पिली प्रचुर सम्भावनाले भरिएकाले यसलाई व्यवस्थित बनाइने बताए ।

Categories
ताजा समाचार

मुक्त हलियामाथि राजनीति : डेढ करोड खर्चेर बनेकाे घरमा काेही छिरेनन्

डोटी : मुक्त हलिया पुनस्र्थापनाका लागि डोटीमा सरकारले गरेको डेढ करोभन्दा बढी लगानी खेर गएको छ ।

सरकारकै लापरवाही र माफियाहरुको चलखेलका कारण न सरकारी लगानी सदुपयोग भयो, न त मुक्त हलिया राम्ररी बस्न नै पाए । पुर्नस्थापना सम्बन्धी नीतिका आधारमा गत आर्थिक वर्ष सरकारले मुक्त हलियालाई बसोबासका लागि एक करोड ५७ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो ।

पूर्वी चौकी गाउँपालिका–२ बगलेक र दिपायल सिलगढी नगरपालिका–७ उडीतोलामा सरकारले उपलब्ध गराएको रकमबाट एक सय परिवारमध्ये ३० परिवारले जमिन खरिद गरी घर पनि बनाएका थिए । तर घर निर्माण गरेको एक वर्ष बित्न लाग्दा पनि जम्मा दुई परिवार घरमा बसेका छन् । बाँकी घर खाली नै छन् ।

घर त बने पूर्वाधार भएन
बस्नका लागि बनाइएका घरमा न्युनतम पूर्वाधार नै नहँुदा बस्ने अवस्था नरहेको स्थानीयको गुनासो छ । मुक्त हलिया रहेका बगलेखका गम्भीरे कोली भन्छन्, ‘जग्गा किन्ने बेला अनेक कुरा सुनाएर पानी समेत नभएको जंगलमा जमिन किन्न बाध्य पारे । किनिसकेपछि वास्तै गरिदिएनन् ।’

उनीहरुमध्ये १८ परिवारले बगलेखमा र १२ परिवारले उडीतोलामा घर बनाएका थिए । तर अहिले पूर्वाधारको अभावमा उनीहरु नयाँ घरमा बस्न सकेका छैनन् । पूर्व सांसद समेत रहेका मुक्त हलियाका नेता मोहन बमले जमिन खरिद गर्ने बेला खानेपानी, विद्यालय र विद्युत् बस्तीमै पुर्याइदिने आश्वासन दिएको बताउँछन् गाउँलेहरु ।

तर अहिले त्यस्तो केही नहुँदा बस्न नसकेको उनीहरुको गुनासो छ । मुक्त हलिया मौरी नेपाली भन्छिन्, ‘घरमा पटक पटकआएर किन्ने भए किन, नभए पैसा फ्रिज जान्छ । आखिर तिमीहरुले केही पनि पाउँदैनौ भने । गाडीमै हालेर मालपोत कार्यालय लगे, गाडीमै घर पु¥याइदिए । आफ्नै नेताहरुले राम्रै हुन्छ, सरकारबाट अरु पनि सेवा सुविधा पाइन्छ भनेपछि हुरुक्कै भएर जमिन किन्यौँ । तर अहिले केही सुविधा छैन । अधिकांश मुक्त हलिया जमिन खरिदका लागि जमिनका मालिक मोहन बमको विश्वासमा परेर आफूहरु ठगिएको आरोप लगाउन थालेका छन् । मोहन बम भने हलियाहरुको इच्छा अनुसार नै जमिन किनाएको बताए । ‘मेरो जमिन हो, मैले कसैलाई पनि बेच्न सक्छु । तर मैले जमिन बेच्ने बेला कसैलाई आश्वासन दिएको थिइनँ,’ नेता मोहन बम भन्छन् ।

घर बनाएको जमिन नै विवादित
पुर्वी चौकी गाउँपालिका वडा नम्बर २ बगलेकका ३० मुक्त हलिया परिवारमध्ये गाउँसँगै जोडिएको बाटेओखड जंगलमा १८ हलिया परिवारले साँघुरा तीन कोठे झुपडी बनाएका छन् । १२ परिवारले भने दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ७ उडीतोलामा बनाए ।

तर बाटेओखड जंगलमा मुक्त हलियाले किनेर घर बनाएको जमिन ०७४ सालदेखि नै विवादित जमिन रहेको उनीहरुले अहिले मात्रै थाहा पाएका छन् । बाटेओखडमा रहेको जमिन १४ मुक्त परिवारले सहदेव खाती र चार परिवारले बिमला बमको जमिन १२÷१२ आनासम्म किनेर घर बनाएका थिए । बिमला मोहन बमकी श्रीमति हुन् । मुक्त हलियाहरुले खरिद गरेको बाटेओखडको जमिन एक वर्षअघिसम्म मोहन बमकै हर्टीकल्चर प्रालीको नाममा थियो । ०७४ सालमा हलियाहरुको सामुहिक बस्ती बसाउन सरकारले नै जमिन खरिद गरी घर बनाएर उनीहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम ल्यायो । जसका लागि जमिन खरिद गर्न मात्रै ७८ लाख बजेट आएको थियो ।

यस क्रममा नेकपा विप्लवका नेताकार्यकर्ताले मालपोत कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कमीसन खाएको भन्दै कालोमोसो दलेर दुव्र्यवहार समेत गरे ।
पुर्नस्थापनाका लागि छनोटमा परेका एक सय परिवारलाई जमिन र घर निर्माणका लागि नगद नै दिने गरी बजेट आएको थियो । ०७४ को बजेट विवादका कारण फ्रिज गएको कुरा नजिर बनाउँदै माफियाहरुले हतारमा जमिन खरिद गर्न लगाएको स्थानीय मुक्त हलिया प्रकाश बिकको आरोप छ । त्यसो त मुक्त हलियाका लागि बनाइएका नयाँ घर मापदण्ड समेत पूरा भएका छैनन् । यसले पनि उनीहरु नयाँ घरमा बस्न तयार छैनन् ।

Categories
ताजा समाचार

गौशालामा ५२ बिघा जग्गा अतिक्रमण

महोत्तरी : महोत्तरीको गौशालामा ५२ बिघा जग्गा अतिक्रमण गरिएको छ। गाई संरक्षणका लागि छुट्ट्याइएको खर्बौंको जग्गामा पक्की घर बनेका छन्। जग्गा कब्जा गरेर कम्तीमा ६ वटा गाउँ बसेका छन्। चरण क्षेत्र मासिएको छ।

१९८३ मा भारत विहार प्रान्तका दरभंगा महाराजले पन्ध्र सय गाई संरक्षण गर्न भनी दुई सय बिघा चरण क्षेत्र छुट्ट्याएर ‘निगौल गाई गौशाला’ स्थापना गरेका थिए। दरभंगा महराजले ब्रह्मदेव ठाकुरमार्फत गाईको व्यवस्थापन गरेका थिए। त्यसपछि उनले जग्गा नेपाल सरकारलाई हस्तान्तरण गरे। सुरुमा गौशालाको व्यवस्थापन तत्कालीन बडाहाकिमले गर्थे। त्यसपछि अञ्चलाधीश हुँदै २०४७ सालमा सीडीओ मातहत आयो। मुलुकको सबैभन्दा पुरानो गौशाला केही वर्षसम्म अलपत्र रह्यो। २०६७ जेठ १९ गते मन्त्रिपरिषद्ले गौशालाको सञ्चालन, व्यवस्थापन तथा विकासको जिम्मा राष्ट्रिय सहकारी विकास बोर्डमार्फत गर्ने निर्णय ग¥यो।

गौशाला बडाहाकिम, अञ्चलाधीश र सीडीओ मातहत गएपछि जग्गा रेखदेख भएन,’ राष्ट्रिय सहकारी बोर्डका पूर्वसञ्चालक रामचन्द्र सिंह कुश्वाहाले भने, ‘गौशालामा बजार लगाउन केही जग्गा बिटौरीमा दिइयो। त्यसपछि जग्गा अतिक्रमण हुन थाल्यो। जग्गामा बस्ती विकास भयो।’ २०२२ सालमा नापी भयो। त्यतिखेर गौशालाको जग्गामा बसेकाले लालपुर्जा बनाए। प्रशासनले ध्यानै दिएन।

२०६७ भदौमा गृह मन्त्रालयले गौशालाको चलअचल सम्पत्तिसहित १ सय ५७ बिघा जग्गा कृषि मन्त्रालयलाई हस्तान्तरण गरेको पूर्वअध्यक्ष कुश्वाहाले बताए। तीमध्ये दुई कित्ता जग्गा सरकारको नाममा थियो। निगौल गाई गौशालाका निमित्त प्रमुख रामछविला रायका अनुसार एक सय ४८ बिघा १५ कठ्ठा २ धुरको लालपुर्जा छ। ‘त्यसमध्ये साढे चार बिघा जग्गा अतिक्रमणमा परेको छ,’ उनले भने। स्थानीय बासिन्दा भने त्योभन्दा बढी जग्गा अतिक्रमणमा परेको बताउँछन्।

निगौल गाई गौशालाका तत्कालीन म्यानेजर दीपनारायण राउतले १३ फागुण २०५९ बिरौटीका नाममा टुक्राटुक्रा जग्गा बाँडेका थिए। विभिन्न समयमा ८८ जना र ३२ जना गरी एक सय २० जनाले बिटौरीका नाममा लिएको जग्गा कब्जा गरी मनोमानी ढंगले पक्की मल ठड्याइएका छन्। नवराजपुरका रामेकवला साहले दुई पुस्तादेखि गौशालाको जग्गामा घर बनाएर बसिरहेको बताए। उनले नेताहरूकै कारण गौशाला अतिक्रमणमा परेको आरोप लगाए।