Categories
ताजा समाचार

दुधकोशी जलविद्युत परियोजना अब नेपाली लगानीमा नै बन्ने -कुलमान घिसिङ्ग

देशको राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको दुधकोशी जलविद्युत परियोजना अब नेपाली लगानीमा नै बन्ने भएको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब ७ सय मेगावाटको देशकै ठूलो क्षमताको दूधकोशी हाइड्रोपावर नेपाली लगानीमा नै बन्ने घोषणा गरेका हुन् । त्योपनि तामाकोशीकै मोडेलमा नेपालीकै पैसाबाट फाष्ट रोड मोडलमा बनाइने छ ।

खोटाङका स्थानीय जनता र सबै नेपाली जनताको शेयर लगानीमा अघि बढाइने यो आयोजना निकै आकर्षक हुने घिसिङको दाबी छ ।एशियाली विकास बैंकले यसको विस्तृत परियोजना बनाइरहेको र विद्युत प्राधिकरणले तामाकोशीमा जस्तै कम्पनीको ड्राफ्टसमेत तयार पारिसकेको घिसिङले जानकारी दिए ।

केही समयअघि मात्र दोलखाको लामाबगरस्थित तामाकोशी जलविद्युत परियोजनाको अवलोकन गरेर खोटाङको दिक्तेल पुगेका कार्यकारी निर्देशक घिसिङले दूधकोशी परियोजनाबारे खोटाङे जनतालाई यसरी सुनाए–

दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अहिले हामीले, विद्युत प्राधिकरणले नै हेरिरहेका छौं । यसलाई ‘फास्ट ट्रयाक’मा लैजाने भनेर सरकारकै कार्यक्रममार्फत ‘जनताको जलविद्युत’ का रुपमा अगाडि बढाउन हामीले कम्पनी स्थापनाको प्रक्रिया अघि बढाएका छौं ।

यसलाई तामाकोशीकै मोडेलमा अगाडि बढाउने भनेर कम्पनी दर्ता गराउन खोजिरहेका छौं । विद्युत प्राधिकरणको बोर्डले मन्त्रालयको निर्देशनमा कम्पनी खोल्ने भनेर निर्णय पनि गरिसकेको छ । कम्पनीको ड्राफ्ट तयार भइसकेको छ । अब चाँडै नै कम्पनी दर्ता हुन्छ ।

करीब ६ सयदेखि ७ सय मेगावाटमा यसको डिजाइन हुन्छ । यसका लागि कन्सल्टेन्टको नियुक्ति भइसकेको छ । एडीबीको फन्डिङ प्रोजेक्ट भएकाले फण्डको पनि त्यति समस्या छैन । एडीबीले अहिले विस्तृत डिजाइन गरिरहेको छ । यसको काम अब एकदमै ‘फास्ट ट्रयाक’ मा जान्छ ।

खोटाङका जनता एवं नेपाली जनता सबैको सेयर लगानीमा दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अगाडि बढाउने योजना बनाएर हामी अगाडि बढेका छौं । यो रिजर्भवायर प्रोजेक्ट नेपालका लागि एकदमै जरुरी छ । रिजर्भवायर प्रोजेक्टमा पनि एकदमै राम्रो प्रोजेक्ट हो ।

यो परियोजना पुनस्थापनाको हिसाबले, बस्ती डुवानको हिसाबले एकदमै राम्रो प्रोजेक्ट भन्ने देखिएको छ । मैले त हेरेको छैन, तर एकदमै कम वस्ती डुवान हुन्छ रे । हाम्रो रिपोर्टमा त्यो उल्लेख छ ।

कमला डाइभर्सनले समस्या
दूधकोशीको यो प्रोजेक्टमा अलिकति समस्या के छ भने यहाँबाट निस्किएको पानी कमला डाइभर्सनभन्दा माथि नै झार्नुपर्छ भन्ने कमला डाइभर्सनको शर्त छ ।

त्यसैले यो प्रोजेक्टलाई अलिकति हामी प्लान नै गर्दैछौं । कमला डाइभर्सनभन्दा तल पानी झार्यो भने यो प्रोजेक्ट एकदमै प्रभावकारी हुन्छ । र, एकदमै फेन्टास्टिक प्रोजेक्ट बन्छ यो ।

कमला डाइभर्सनभन्दा माथि पानी फाल्यो भने टनेलको लेन्थ पनि एकदमै लामो हुने भएकाले यसलाई अलिकति समस्या पर्न सक्छ । तर, हामी उपयुक्त डिजाइन गरेर यसलाई अघि बढाउँछौं ।

यो आयोजना अब चाँडै नै अघि बढ्छ । यो उनको प्रतिवद्धताले खोटाङका जनतामा खुशीको बहार त आएको छ नै देशभरीका जनताको भविष्य बनाउने योजनाले सबै नेपालीलाई खुशी थपेको छ ।

अन्ततः नांगिए कुलमानलाई भ्रष्टाचारी भन्ने मोदी, कालो कर्तुतको एकैरातमा भयो पर्दाफास !

मंगलबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीसँग भनाभन भयो ।

भनाभन हुँनुको कारण मोदीले कुलमानसंग पाँच लाख रुपैयाँ घुस मागेको खुलेको छ । कुलमानले घुस नदिएपछि सांसद मोदीले भ्रष्टाचारी भएको आरोप लगाएको खुलासा भएको छ ।

सांसद मोदीले प्राधिकरणको आयोजनामा असहयोग गरेका कारण काम ढिला भएको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न नदिनुले घुस मागेको स्पष्ट हुन्छ । मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसनका लागि विद्युत पुर्याउन मोदीले उचालेका कारण स्थानियले काममा अवरोध गर्दै आएका छन ।

प्राधिकरण स्रोतका अनुसार केही समयअघि जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा प्रमुख जिल्ला अधिकारीकै अघि सांसद मोदीले ५ लाख रुपैयाँ पाए अवरोध हटाउन सघाउने बताएका थिए ।

दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । ग्रामथाम मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

२०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले मोदीलाई असहयोग गरेका थिए । त्यसकै रिस पोख्न मोदीले स्थानीयलाई परिचालन गराएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणको छ ।

स्थानीयको अवरोधका कारणले गर्दा दुहवीबाट सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए ।

‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड धान्न सक्ने अवस्थामा छैन,’ सिंहले भन्छन्, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।’

Leave a Reply

Your email address will not be published.