पाँचथरको मिक्लाजुङ गाउँपालिका–९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । एक प्रहरी अधिकारीले भने, ‘‘मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।
सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोँकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।’’ प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले मुकुण्डो लगाएको व्यक्तिले खुकरी प्रहार गरी हत्या गरेको प्रहरीलाई बताएको पोखरेलले बताए । घटनास्थलमा कुनै पनि हतियार फेला परेको छैन ।
हत्या गरिएका परिवार र रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सामान्य परिवारका व्यक्ति थिए । घटना मध्यरातमा भएको हुनसक्ने बताइएको छ ।
हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
‘रातिको ३ बजे फोन गर्नुभएका काकाले मलाई भन्नुभयो– मेरो पुरानो रोग बल्झियो । म उपचारका लागि झापा झरेको छु । औषधि खानका लागि मलाई ५ हजार चाहियो । भाइ आउँछ, उसलाई ५ हजार दिएर पठाइदे ।’
उनले ‘हुन्छ’ भन्दै फोन राखे । सम्भवतः मानबहादुरले गरेको त्यो नै अन्तिम कल हुनसक्ने नेलकमको अनुमान छ । थप कुरा उनको फोन हेरेपछि नै खुल्ने छ ।
पाँचथर हत्याकाण्डः ‘आत्महत्या’अघि मानबहादुरले ५ हजार किन मागेका थिए ?
पाँचथरको मिक्लाजुङ– ६ का नेलकम माखिमलाई आज (मंगलवार) बिहान ३ बजेको समयमा एउटा कल आयो ।
नेलकम निद्रामा नै थिए । फोन आएपछि ब्यूँझिए । फोन थियो काका नाता पर्ने मानबहादुर माखिमको ।
मिक्लाजुङ– ७ का मानबहादुर तिनै व्यक्ति हुन्, जसको शव मिक्लाजुङ– ८ मा करमको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
मिक्लाजुङ– ३ मा उनका ससुरा बमबहादुर फियाक र साढुदाइ धनराज शेर्माको परिवारका ९ जनाको गएराति नै विभत्स हत्या भएको छ ।
उक्त हत्याकाण्डमा मानबहादुरकै संलग्नता हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।
काकाको फोन देखेपछि नेलकमले रातको समय भए पनि ‘रिसिभ’ गरे ।
काका मानबहादुरले पहिले मानसिक रोगको उपचारका लागि ट्याब्लेट खाने गरेको थाहा पाएको नेलकमले लोकान्तरलाई जानकारी दिए ।मानबहादुरको परिवारमा करीब ७५ वर्षीय बुवा र आमासँगै दुई भाइ र एक बहिनी छन् । विवाह भइसकेकी बहिनी माइतीमै रहेको नेलकमले बताए ।
दुई दिदी विवाह भएर आ–आफ्नो घर गइसकेका छन् ।केही समय विदेश पनि बसेका मानबहादुर करीव २ वर्षयता घरमै रहेको नेलकमले जानकारी दिए ।मानबहादुर र आफ्नो खलक एउटै भएको उनको भनाइ छ ।