काठमाडौं । नायिका आँचल शर्मा आफ्नो विवाहको तयारीमा व्यस्त छिन् । उदीप श्रेष्ठसँगको प्रेम सम्बन्धलाई विवाहमा परीणत गर्न लागेकी नायिका आँचल विवाहको तयारीमा व्यस्त रहेकी हुन् । केही समययता उदीपसँग उनी प्रेम सम्बन्धमा थिइन् । उनीहरुबीच आउँदो फागुनमा विवाह हुने तयारी छ । आँचल–उदीपको जोडी आउँदो फागुनमा लगनगाँठो कस्ने तयारीमा रहेको हो ।
काठमाडौँको पार्क भिलेज रिसोर्टमा उनीहरुको वैवाहिक कार्यक्रम हुने भएको छ । विवाह अगाडि गरिने पूर्व फोटो शुटमा भने नायिका आँचलले गाउँले परम्परागत पोशाक लगाउने भएकी छिन् ।आफ्नो नयाँ चलचित्र ‘झिङ्गे दाउ’मा पनि आँचलले पछिल्लो समय गाउँले परिवेशमा लगाइने गून्यु चोली लगाएकी छन् ।
यसैबाट प्रभावित भएर उनले विवाह अघिको फोटो शूटमा सोही पोशाक रोजेकी हुन् । फोटो शूटमा उनले लगाउने पोशाकमा गुन्यू चोली, रातो टीका, तिलहरी, घुङ्ग्रीलगायत परम्परागत पहिरन रहनेछ ।
पछिल्लो समय विवाह वा विवाह अघि र पछि यस्ता पोशाक लगाउन छाडिएकाले उनलाई भने आफूलाई फरक देखाउन नै उक्त पोशाक रोजेको आँचल बताउँछिन् ।