काठमाडौं। भारतको जम्मू कश्मीरमा मंगलबार भएको आ क्रमणमा परी गोर्खा से नामा कार्यरत एक नेपाली युवाको नि धन भएको छ। जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आ तंकवादी ह मलामा नेपाली नागरिक भारतीय से नाका जवान अर्जुन थापामगर मा रिएको भारतीय से नाले जनाएको छ।
भारतीय से नामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा नि धन भएको भारतीय से नाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले बुधबार जानकारी दिएका छन्। अर्जुन गोरखाका हुन्।
महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि नि धन भएको छ । थापा र रघुनाथले भारतका लागि सर्वोच्च ब लिदानी गरेको भन्दै भारतीय से नाले प्रशंसा गरेको छ ।
यो पनि : ‘अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन विश्वमा तीन लाख ९२ हजार शिशुको जन्म’ ः यूनिसेफ
सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले बुधबार जनाएको छ ।
“सबैभन्दा बढी बालबालिका भारतमा जन्मिने छन् भने दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिने छन्,” यूनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि यूनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताउनुभयो ।
“जनवरी १ मा भारतमा ६७ हजार ३८५ शिशुको जन्म हुने प्रक्षेपण यूनिसेफको छ भने चीनमा ४६ हजार २९९ र नाइजेरियामा २६ हजार ३९ शिशुले जन्म लिनेछन् ।
यसरी हेर्दा नाइजेरियामा जनवरी १ मा विश्वभर जन्मिने शिशुको सात प्रतिशत शिशुले जन्म हकिन्सले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हरेक नयाँ वर्षको सुरूसँगै हरेक नाइजेरियाली बालबालिकाले आफ्नो जीवनको यात्रा शुरू गर्न सम्भावना उनीहरूलाई जीवन जिउन दिइने अवसरका आधारमा हुनेबारेमा जानकारी दिइन्छ ।”
नाइजेरिया लगायत विश्वका लाखौँ नवजात शिशुका लागि जन्मिएकै दिन कम पवित्र बन्ने गर्छ अर्थात् सोही दिन उनीहरूले मृ त्युवरण गर्ने गर्छन् ।
यूनिसेफ प्रतिनिधि पिटर हकिन्सका अनुसार सन् २०१८ मा विश्वभरका २५ लाख शिशुहरूले जन्मेको पहिलो महिनामा नै परलोक भएका थिए भने त्यसमध्ये एक तिहाइले जन्मिएकै दिन देहत्याग गरेका थिए ।
नाइजेरियामा मात्रै गत वर्ष तीन लाख १८ हजार ५२२ शिशुको निधन भएको थियो । निधन भएका शिशुमध्ये अधिकांशको अकालमा मृत्यु हुनेगरेको अर्थात् उनीहरूको अल्पआयुमा हुने निधनलाई टार्न थोरै मात्र सावधानी अपनाउँदा सम्भब रहेपनि अभिभावकको लापरर्वाही वा व्यवहारका कारण ती शिशुहरूको निधन हुने गरेको छ ।
उहाँले भन्नुभयो, “प्राय बालबालिकाको जन्म हुँदा वा जन्मिएपछि सावधानी अपनाउन नसक्दा अल्पआयुमा नै निधन हुने गरेको छ ।”