काठमाडौं । कान्तिपुर टेलिभिजनवाट पछिल्लो समय निकै चर्चित रियालिटि शो हो कमेडी च्याम्पियन । नेपालमै पहिलो पटक गरिएको दावी सहित कान्तिपुर टेलिभिजनले यो कार्यक्रमको सुरुवात गरेको हो । शो को यतिबेला टप ११ एपिसोड प्रसारण हुने तयारीमा रहेको छ। फिजकल अडिसनबाट टप २४ छानेर कान्तिपुर टेलिभिजनमा प्रसारण भैरहेको सोले दर्शकको राम्रो साथ पाइरहेको छ।
टप ९ बाट उक्त शोमा अतिथिहरुको समेत आगमन भैरहेको छ। पहिलो अतिथिको रुपमा ऋषि धमला र एलिजा गौतम पुगेका थिए। पत्रकार ऋषि धमलाले प्रश्न सोध्ने शैली र उनले लिने अन्तर्वार्ताहरुको ट्रोल र विवाद बेलाबेलामा भैरहने गर्छ। बिशेष गरि उनले अभिनेत्री र महिला अतिथिलाइ सोध्ने प्रश्नले त हंगामा नै मच्चाउने गर्छ। अभिनेत्री ऋचा शर्मा स्पष्ट वक्ताको रुपमा चिनिने गर्छिन्। ऋषि धमलाको शोमा उनी संगको घम्साघम्सीको राम्रै चर्चा भएको थियो।
उनै ऋषि धमाल दम्पति कमेडी च्याम्पियनमा पुग्दा उनिमाथि राम्रै प्रहार भएको थियो। एक प्रतियोगी साजन श्रेष्ठले धमला दम्पतिमाथि गरेको प्रहारले एलिजा निकै आक्रोशित भएकी थिइन्। शोमा खासै प्रतिक्रिया नजनाएकि एलिजाले मिडियामा भने निकै आक्रोश व्यक्त गरेकी थिइन्। साजनको प्रस्तुतिमा ऋचा निकै रमाएकी थिइन् भने स्टेजमा पुगेर प्रतियोगीलाई दुई पटक अंकमाल नै गरेकी थिइन्। यसले उनले ऋषि धमला संग शोमा भएको अन्तर्वार्ताको बदला लिन ऋचाले यस्तो गरेको टिप्पणी समेत भयो।
अनेक कुरा आइरहदा ऋचाले यसको बारेमा पहिलोपटक बोलेकी छिन्। हामिसंगको कुराकानीमा ऋचा भन्छिन्, ऋषिजीको अन्तर्वार्ता कस्तो हुन्छ र उहाको ट्रोल कति बन्छ भन्ने कुरा सबैलाई थाह छ। हामी कमेडी शोमा छौ र यहा हरेकको रोष्ट हुने गर्छ। यसलाई सामान्य रुपमा लिनसक्नुपर्छ। ऋषिजिको अन्तर्वार्ताको स्वयं म पनि सिकार हु। उनि अगाडी थप्छिन्, मलाई कोहि पनि सेलिब्रेटी गेष्ट बोलाउने अधिकार छैन। कुन एपिसोडमा को आउंछ भन्ने पनि थाह हुन्न। यदि मलाई त्यो अधिकार हुन्थ्यो त म सायदै उहाहरुलाइ शोमा बोलाउथे होला। यो सामग्री क्यानडा नेपालवाट लिइएको हो ।