Categories
ताजा समाचार

अमिताभ बच्चनको मान्छे हुँ भन्दै यस्तो अनौठो ठगी धन्दा, बिदेश पठाउछु भन्दै ठग्ने ‘दलाल’को पर्दाफास (भिडियो)

ठगहरुको ठगि धन्दा यस्ता अचम्म अचम्मका हुन्छन जुन सुन्दा सबै आश्चर्य चकित हुन्छन । ठगि धन्दा नेपाल भित्र मात्र हैन भारत सम्म जोडिएको हुन्छ ।यस्तै एक ठगि धन्दाको पर्दाफास पत्रकार अपिल त्रिपाठीले गरेका छन । उनको सम्पर्कमा आएका ठगिएका पिडितहरुले ति ठगहरुको पर्दाफास गरेका हुन् । भारतीय ठगहरुले भारतको चर्चित शो कौन बनेगा करोडपतिको नाम लिएर ठगि गर्ने प्रयास गरेका छन । ति भारतीय ठगहरुले इमो मार्फत सम्पर्क गरेर पुरस्कार परेको प्रलोभन दिदै उल्टो पैसा लुट्ने गर्दै आएका रहेछन ।

उनीहरुले २५ लाख भारतीय रुपैया पुरस्कार दिने तर प्रक्रियाका लागि उल्टै आफुलाई २५ हजार रुपैया पठाउनु पर्ने बताएपछि ठग भएको प्रमाणित भएको हो ।
ठगिन लागेका एक युवक आफु लाइ इमोबाट बारम्बार यस्तो फोन आएपछि उनले अरु नेपाली नठगियुन भन्नलाई पत्रकार अपिलको सहयोग माग्दै उनकै कार्यालयमा पगेका थिए ।

कार्यालयमा पुगेर उक्त भारतीय नागरिकलाइ फोन गरि कहाँ पैसा पठाउने भनेर फोन गर्दै आइएमइमा गइ पैसा हाल्न अनुरोध गरेका थिए ।
बैंकको अगाडी गएर मलाई फोन गर्नु भन्दै उनले सिधा साधा मान्छेलाई लुट्ने गरेको यसै भिडियो बाट पनि प्रस्ट रहेको देख्न सकिन्छ ।पैसा पठाउन उनको नाम थर र फोन नम्बर पनि चाहियो भनेपछि उनले सन्तोस तामाङ्गको नाम दिदै फोन नम्बर नचाहिने कुरा फोनमा भनेका थिए ।

फोन नम्बर नभई पैसा हाल्न मानेन भनेपछि उनले अर्को बैंक मार्फत पैसा पठाउन भनेका थिए । पैसा पठाउन लागेको म कुनै नम्बर चाहियो भनेपछि नेपालकै एउटा नम्बर पठाए जुन नम्बरमा फोन हान्दा लागेन कारण उक्त नम्बर गलत दिएका थिए । धेरै बेर कुरा गरेपछि पत्रकार त्रिपाठीले म गण्डकी टेलिभिजनबाट बोलेको अहिले तपाईसंग बोलेको सबै कुरा टेलिभिजनमा लाइभ आइरहेको छ भनेपछि उनले अपशब्द बोल्दै फोन काटी तुरुन्तै उक्त नम्बर ब्लक गरेका थिए । भारतीय नागरिकले यसरि सर्वसाधारणलाइ यस भन्दा अघि पनि यसरी नै ठगि गर्दै आएको थियो । बाकी तलको भिडियोमा हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published.