Categories
ताजा समाचार

नेपाली चिकित्सकको चामत्कारिक काम– सात महिनापछि कोमाबाट फर्किइन् क्रितिशा

ओहिओ । अमेरिकाको ओहिओ राज्यमा एक महिला बिरामी सात महिनापछि कोमाबाट ब्युँझिएकी छन् । ओहिओको अलाइन्समा ३१ वर्षीया किर्तिशा ब्राबसन सात महिनापछि कोमाबाट फर्किएकी हुन् ।

उनी आफू कोमाबाट फर्किएको भन्‍न कुनै हिच्किचाउँदिनन् । उनलाई थाहा छ कि आफू यहाँ थिइन भन्‍ने । उनले भने, “मलाई केही थाहा छैन र मलाई यहाँका कुनै कुरा थाहा पनि छैन ।”

उनलाई जिउँदो छैनन् भन्‍ने सोचेर उनको आमाको कोठामा राखिएको थियो । यो सबै उनकी आमाको कारण भएको हो । क्रितिशालाई केही राम्रो भइरहेको छैन भन्‍ने उनकी आमालाई लागिरहन्थ्यो । जसका कारण क्रितिशालाई उनकी आमाले आफ्नो कोठामा राखेकी थिइन् ।

“केही कुरा गलत भइरहेको छ र मेरो छोरीलाई बर्बाद गरिरहेको छ भन्‍ने लाग्थ्यो, ” उनकी आमा कर्तिज विलियम्सले भनिन्, “तर के कुरा हो मलाई यकिन थाहा छैन ।”

सन् २०१८ को सेप्टेम्बरमा क्रितिशाले केही मजाक गर्दै आमालाई फोन गरिन् । उनले अस्पतालमा पनि केही आश्‍चर्यजनक क्रियाकलापहरु गर्न थालिन् । उनले कन्सर्टमा नाचेजस्तो गर्ने र केही मुर्खतापूर्ण कुराहरु गर्न थालिन् । त्यसपछि उनी कोमामा गइन् सातमहिनासम्म ।

“मेरो कुनै चिकित्सकीय ब्याकग्राउन्ड पनि होइन,” विलियम्सले भनिन्, “यतिसम्म कि म कहिल्यै विद्यालय पनि गएकी थिइन् । तर, जब तपाईंको सन्तानलाई समस्याको कुरा आउँछ, त्यसको समाधानका लागि तपाईंले जानेसम्मका सम्पूर्ण विधि र शक्तिको प्रयोग गर्नुहुन्छ ।”

त्यस समय के गर्ने भन्‍ने चिन्ता र दुविधा भयो । तर, तत्कालै मलाई एन्टी-एनएमडीए रिसेप्टोर इन्सेफ्लाइटिस भयो कि भन्‍ने लाग्यो । यो एक किसिमको यस्तो रोग जहाँ शरीरले आफ्नै दिमागी कोषसँग लड्छ । त्यसपछि यसलाई कसरी ठिक गर्ने भन्‍ने दोस्रो कुरा थियो । सायद यसलाई चिकित्सकले पनि समाधान गर्न सक्दैनन् ।

“चिकित्सकले पनि यसलाई ठिक पार्ने नदेखेपछि हामीले छोरीलाई फिर्ता ल्यायौं । किनकि यो समस्या चिकित्सकको पनि टाउको दुखाइको विषय बनिसकेको थियो । उनीहरुले पनि वास्तवमै के भएको हो भन्‍ने पत्ता लगाउन सकेनन्,” विलियम्सले भनिन्, “चिकित्सकहरुले मलाई क्रितिशाको दिमाग ‘डेड’ (मरिसक्यो) भइसकेको र सबै औषधीहरु तथा उनलाई बेडबाट बाहिर राख्‍न भने ।”

दिमाग डेड हुनु, उनलाई चढाइएको औषधी बन्द गर्नू र बेडबाट बाहिर निकाल्नू भनेको जीवन समाप्त हुनु हो । विलियम्सले यी कुरा कहिल्यै सुन्‍नु थिएन र यति सुन्‍नका लागि उनले शक्ति र समय खर्च गरेकी पनि थिइनन् । विलियम्स निरन्तर एकबाट अर्को र अर्कोबाट अर्को गर्दै अस्पताल धाउन छोडेकी थिइनन् ।

“मैले हरेक निर्णय क्रितिशाको जीवनका लागि गरेकी थिएँ,” विलियम्सले भनिन् । विलियम्सले क्रितिशालाई ओहिओ राज्यको वेक्सनेर मेडिकल सेन्टरमा लगिन् ।

जहाँ स्ट्रोक र न्यूरो क्रिटिकल केयर विशेषज्ञ श्रद्धा मैनाली थिइन् । क्रितिशालाई दैनिक २० पटकभन्दा बढी दिमागमा झट्का दिइन्थ्यो । मैनालीले भनिन्, “उनकोजस्तो समस्या भएका बिरामीको मृत्युदर ६० प्रतिशतभन्दा बढी हुन्छ ।”

उक्त अस्पतालमा चार महिना लामो उपचारपछि अप्रिल ७, २०१९ मा उनकी छोरी क्रितिशा कोमाबाट फर्किइन् । त्यही दिन ५:१० बजे बिहान उनको छिमेकीले उनलाई फोन गरे – ‘म जे भन्छु सायद त्यो कुरा तपाईंलाई विश्वास गर्न गाह्रो छ ।’ “म पनि के भएछ भनेर अलमलमा परे,” उनले भनिन्, “त्यसपछि तिसाले एकै स्वरमा भने कि उनी ब्युझिइन् । त्यो सुन्नेबित्तिकै म खुशीले उफ्रिएँ, चिच्याएँ । त्यसपछि सुत्‍नै सकिन् ।”

विलियम्सले भनिन्, “त्यो बिहानको ५:१० बजेको समय कहिल्यै बिर्सिदैन । सायद डा. श्रद्धा पनि ।”

सात महिनाअघि सेप्टेम्बरको त्यही दिन र त्यही समय क्रितिशा बेहोस् भएकी थिइन् । “नर्सले मलाई भनिन् कि तिमी सात महिनादेखि बेहोस् थियौ,” क्रितिशाले भनिन्, “म पनि मम (आमा) ले मलाई नचिनेजस्तो लाग्यो,” उनी हाँसिन् ।

क्रितिशालाई बचाउन डा . मैनाली र उनको टिमले चार महिनासम्म काम गर्‍यो र सफल भयो । “म यो केसमा केही आशावादी थिए र साँच्चिकै उनलाई सामान्य जीवनमा फर्काउन सफल भए,” डा. मैनालीले भनिन् ।

क्रितिशा र उनकी आमाले पनि डा . मैनाली र ओहिओ राज्यको वेक्सनेर मेडिकल सेन्टरप्रति धन्यवाद र कृतज्ञता व्यक्त गरिन् । यसपटकको क्रिसमस क्रितिशाले परिवारका साथ मनाइन् । उनले सोचेकी पनि थिइनन् कि आफू परिवारसँगै हुन्छु भन्‍ने ।

Leave a Reply

Your email address will not be published.