Categories
अन्तरास्ट्रिय

क्रिसमस मनाउने क्रममा १३ जनाको मृत्यु

तेगुसिगाल्पा । क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ।

सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप निरिक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिए।

दुर्घटनाहरु कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको उनले बताए । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

अन्य समाचार

मलेसिया सरकारले कामदारको तलब बढायो, नेपाली कामदार पनि लाभान्वित

मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२०को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलव बाउने जनाएको हो ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब १ हजार २ सय रिंगिट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १ सय रिंगिट रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.