Categories
ताजा समाचार

पृथ्वीमा मात्र हैन, यी ६ ग्रहमा पनि लाग्छ सूर्य ग्रहण

ब्रह्मान्डमा पृथ्वी एक यस्तो ग्रह हो जहाँ सबैभन्दा बढी सूर्यग्रहण तथा चन्द्रग्रहण लाग्ने गर्छ ।

सौर्य मण्डलमा केही यस्तो पनि ग्रह रहेका छन् जहाँ सूर्य ग्रहण देखिन्छ । तर यसको आकार चन्द्रमाको आकारभन्दा सानो हुन्छ ।

पृथ्वीबाहेकका यी ग्रह, जहाँबाट सूर्य ग्रहण देखिन्छ

मंगल ग्रहमा सूर्य ग्रहण

मंगल ग्रहबाट सूर्य ग्रहण थोरै भएपनि देखिन्छ । किनकी मंगल ग्रहमा दुई चन्द्रमा छन्, फोमोस र डिमोस । जसले तीव्र गतीमा मंगल ग्रहलाई फन्को मार्छन् । यसकारण ग्रहण धेरै समय रहदैन । मंगल ग्रहमा पछिल्लो पटक सन् २०१३ को अगस्ट २० मा सूर्यग्रहण लागेको थियो ।

बृहस्पति ग्रहमा ३ सूर्य ग्रहण एकैसाथ

बृहस्पति ग्रहमा कुल ६९ चन्द्रमा छन् । यीमध्ये ५ वटा मात्रै चन्द्रमाले ग्रहणको अवस्था देखाउँछन् । यी हुन् एमलथिया, लो, गेनीमेडे, यूरोपा र केलिस्टो । यीनीहरूमा एक पटकमा तीन सूर्य र बृहस्पतिको बीच ग्रहण बन्दछ । यस्तो ग्रहण १० वर्षमा १ पटक देखिन्छ । पछिल्लो समय २८ मार्च २००४ मा यस्तो ग्रहण लागेको थियो ।

यस्तै शनि ग्रहमा पनि सूर्य ग्रहण लाग्दछ । एजेन्सीका अनुसार, युनेरस, नेपच्यून, प्लूटो, बुध तथा शुक्र ग्रहमा पनि सूर्य ग्रहण लाग्दछ ।

Leave a Reply

Your email address will not be published.