Categories
अन्तरास्ट्रिय

चिनियाँ राजदूत होउ यान्छीको अनौठो आग्रह

काठमाडौं। नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले टि्वटरमार्फत अनौठो आग्रह गरेकी छन्। मङ्‍गलबार बिहान टि्वट गर्दै उनले सम्बन्धित टि्वट एकजनालाई ट्याग गरी रिटि्वट गर्न आग्रह गरेकी हुन्।

जसले उनको टि्वट एक जनालाई ट्याग गरी रिटि्वट गर्छ ती मध्ये ५ जनालाई चिनियाँ फिल्म हेर्न दुई-दुई वटा टिकट दिने घोषणा राजदूत यान्छीले गरेकी छन्।

‘मलाई फलो गर्नुहोस् र यो पोस्टलाई रिटि्वट गर्नुहोस्। यो पोस्टमा कमेन्ट गर्नुहोस् र एक जनालाई ट्याग गर्नुहोस्। यस्तो गर्ने समय बिहीबार (डिसेम्बर २६) मध्यान्ह १२ बजे सकिनेछ। पाँच जना विजेताले दुई-दुई वटा टिकट प्राप्त गर्नुहुनेछ,’ राजदूत होउले टि्वटरमा भनेकी छन्।

शुक्रबार (डिसेम्बर २७) बाट काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव सुरू हुँदैछ। विजेता पाँच जनालाई यही महोत्सवमा देखाइने फिल्म हेर्नका लागि दुई-दुई वटा टिकट उनले दिन लागेकी हुन्।

चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा र लुम्बिनीमा हुँदैछ। काठमाडौंको कमलपोखरीस्थित क्युएफएक्स हलमा आगामी शुक्रबार र शनिबार चिनियाँ चलचित्र देखाइनेछ। ‘द ग्रेटवाल फिल्म’ र ‘द परेड अफ ७० एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’ वृत्तचित्र काठमाडौंमा देखाइनेछ।

पोखराको मिडटाउन ग्यालरीमा चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ। लुम्बिनीमा लुम्बिनी विकास कोषको सभाकक्षामा चिनियाँ चलचित्र देखाइनेछ। काठमाडौं, पोखरा र लुम्बिनी तीनै ठाउँमा एउटै चलचित्र देखाइनेछ।

Leave a Reply

Your email address will not be published.