Categories
समाचार

आफ्नै खर्चमा वडाध्यक्षले दिनेभए एम्बुलेन्स, देशकै नमूना सेवा केन्द्र बनाउने लक्ष्य

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष राजेश वाँनियाले आफ्नै खर्चमा एम्बुलेन्स खरिद गर्ने भएका छन् । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गर्न हेटौंडा उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष राजेश वाँनियाले खरिद सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा खरिद सम्झौता भएको हो । सम्झौतापत्रमा वडाध्यक्ष राजेश बानियाँ, मेयर महत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकेशकुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्टले संयुक्त हस्ताक्षर गरेका छन् ।

वडा अध्यक्ष बानियाँले आफ्नो हजुरबुबा स्व. चेतसिंह बाँनिया र बुबा स्व. वीरेन्द्रबहादुर बानियाँको सम्झनामा एम्बुलेन्स खरिद गरेर समुदायलाई दिन लागेको अध्यक्ष बानियाँले बताएका छन् । राजनीति पेशा होईन सामाजिक सेवा हो भन्ने मूलमन्त्रका साथ एम्बुलेन्स दिन लागेको अध्यक्ष बानियाँले बताए ।

विपद व्यवस्थापनमा देशकै नमूना सेवा केन्द्र बनाउने लक्ष्य
सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई देशकै पहिलो आकस्मिक सेवाका लागि सुसज्जीत बनाउन लागि रहेको केन्द्रका अध्यक्ष राम बिष्टले जानकारी दिएका छन् । केन्द्रले उद्धारको पूर्व तयारी औजार, विपद व्यवस्थापनमा स्वयम्सेवक, आकस्मिक सेवाका सामग्री तथा औजार सहितको केन्द्र निर्माणमा लागि परेको जानकारी दिएका छन् । अध्यक्ष विष्टका अनुसार प्रहरीलाई समुदायको तर्फबाट सुसज्जीत बनाई सबल समाजको निर्माणमा केन्द्रको भावी रणनीति रहेको बताएका छन् ।

कार्यक्रममा हालै सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्र्ट स्वागत गरीएको थियो भने हालै महानगरीय अपराध महाशाखामा सरुवा भएका मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलाई विदाई पनि गरीएको छ ।

Leave a Reply

Your email address will not be published.