Categories
समाचार

हार्दिक श्रद्धान्जलि ! बस कुर्दै गर्दा आफ्नो ज्या’न गु’माएकी कान्छी छोरी सृष्टिको परिवारमा रुवाबासी

बिहान पौने छ बजे झिसमिसे उज्यालो थियो। सडकमा गाडी पातला थिए।सुकेधारा चोकमा उनले बाटो काट्न खोजिन्। अलिकति हिँडेकीमात्र के थिइन्। ब’त्तिँदै आएको गाडीले उनलाई ठ’क्कर दियो। उनी सडकमै ढ’लिन्।

केही बेर स्थानीयहरूले उनलाई ओम अस्पताल पुर्‍याए। ग’म्भीर घा’इते भएकी सृष्टिले अस्पतालमै अ’न्तिम सा’स फे’रिन्। आफ्नी साथीलाई बसले ठ’क्कर दिएर मा’रेपछि आ’क्रोशित विद्यार्थीले एक बसमाथि आ’गजनी गर्दै चाबहिल चोकमा प्र’दर्शन गरे। सृष्टिलाई ठ’क्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘बाटो का’ट्दै गर्दा ठ’क्कर दिएको रैछ। पन्तले बाटो का’टेको ठाउँमा जेब्रा क्रस भए/नभएको खुलेको छैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने। पन्तलाई भक्तपुर-काठमाडौं रूटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले ठ’क्कर दिएको हो।

गोरखा मिरकोटकी २१ वर्षिया पन्त बिबिएस चौथो वर्षमा पढ्दै थिइन्। पन्तको मृ’त्यु भएपछि आ’क्रोशित बनेका विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आ’गो ल’गाइदिए। बसमा आगो लगाएको आ’रोपमा प्रहरीले नेपाल विद्यार्थी संघका चेतन थापा र राकेश श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।

सृष्टिको माइती गोरखा नगरपालिका वडा नम्बर १४ प्युघरवेशी हो। गत वर्षमात्र उनको विवाह भएको थियो। सोमबारको घ’टना सुनेपछि घर/माइतीमा शो’क छ। सृष्टिका आमाबुवा बिहानै अबुँवाबाट गाडी चढेर काठमाडौं आइरहेका छन्। एक छिमेकीले दिएको जानकारीअनुसार सृष्टि घरकी कान्छी छोरी थिइन्। उनका एक दिदी र भाइ छन्। सृष्टिका श्रीमान् वैदेशिक रोजगारीमा छन्।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

भगवान् शिवले ब्रह्माको पुत्रका रूपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव बाहेक अरू कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटोबाट कमलको डाठमा भगवान् ब्रह्मा प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए ।

तर, ब्रह्माले उनलाई चिन्न अस्वीकार गरे। तब विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए । त्यस पश्चात् भगवान् ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै भगवान् शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रूपमा जन्म लिने आशीर्वाद माग्न थाले ।

जब भगवान् ब्रह्माले सृष्टिको रचना आरम्भ गर्न थाले तब उनलाई एक बच्चाको आवश्यक पर्‍यो तब उनले भगवान् शिवले दिएको आशीर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रूपमा आफ्नो काखमा पाए ।

Leave a Reply

Your email address will not be published.