Categories
समाचार

प्याज खानु स्वास्थ्यका लागि हानिकारक !

प्याजको मूल्य बढेको विषय संसदमा पनि पुगेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद रामप्रीत पासवानले प्याजको महँगीबारे प्रश्न उठाएका छन् ।

‘प्याज २०० प्रतिकेजी माथि पुगेको छ’, उनले भने, ‘सरकारबाट अब प्याज खानु स्वास्थ्यका लागि हानीकारक छ भनेर सूचना जारी गरियोस्’ सांसद पासवानले भने । ‘समृद्धि नेता र कर्मचारीलाई आयो, हिजोका सर्वहारा नेता महलमा आसिन छन्’ उनले भने, ‘जनताको घरमा गरिबी उस्तै छ, जनताले आलु पनि किन्न सकिरहेका छैनन् ।’

यो पनि पढ्नुहोस: प्याजको उत्पादन बढाउन लसुन, प्याज मिसन कार्यक्रम

दाङका चार वटा पालिकामा ‘लसुन र प्याज मिसन’ कार्यक्रम सुरु भएको छ । कृषि ज्ञान केन्द्रको समन्वयमा दाङका बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका १२ मा लसुन, प्याज मिसन कार्यक्रम सुरु भएको हो ।

प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत् किसानलाई आत्मनिर्भर बनाउन मिसन कार्यक्रम सुरु भएको छ । ३ वर्षसम्म सञ्चालन हुने कार्यक्रममा डेढ विघादेखि १५ विद्दा क्षेत्रफलमा खेती गर्नुुपर्ने छ ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले चार ठाउँमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट प्राप्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनका लागि निर्णय भए पनि अब कृषि ज्ञान केन्द्रले स्थानीय कृषकसँग प्रस्ताव आह्वान गर्ने ज्ञान केन्द्रले जनाएको छ । स्थानीय कृषि समूह, सहकारी र निजी फर्मले लसुन र प्याज खेती गर्नका लागि प्रस्ताव पेस गर्नुपर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.