Categories
समाचार

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

बेइजिङ् / चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उहाँहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आफूहरुकाबीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताउनु भएको छ ।

चीन—जापन—दक्षिण कोरियाका शिर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आउनु भएको हो । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ ।

अन्य समाचार

राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.