Categories
अन्तर्वार्ता

पुरुष जोडीले मनाए दोश्रो वैवाहिक वर्षगाँठ (भिडियो)

काठमाडौँ। पछिल्लो समय सबैको सामु लोकप्रिय भएका पुरुष जोडि हुन् निरज सुनुवार र आशिक लामा । सामाजिक सञ्जालमा निकै राम्रो जोडीको रुपमा चिनिएका उनीहरुले केहि समयअघि बुझिदेउ बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए । सबैले रुचाएको यो पुरुष जोडिले आज आफ्नो दोस्रो विवाह एनिभर्सरी मनाएका छन् ।

उनीहरुले आज आफ्नो दोस्रो एनिभर्सरी धुमधामले मनाएका छन् । यसैक्रममा उनीहरुले आफ्नो दोस्रो एनिभर्सरी मनाउदै गर्दा क्यानडा नेपालका सम्वाददाता सन्तोष निरौला पुगेका छन् । उनले ती भाइरल जोडीसँग रमाइलो कुराकानी गरेका छन् । एकअर्कालाई निकै प्रेम गर्ने उनीहरुले खुलेर आफ्नो प्रेम देखाएका छन् ।

साथै अन्तवार्तामा उनीहरुले आफ्नो बच्चा पाउने योजना बारे पनि बताएका छन् । उनीहरुले आज आफ्नो दोस्रो एनिभर्सरी मनाउन पाउदा निकै खुशी लागेको बताएका छन् । अन्तवार्तामा सबैको साथले अहिले न्युरोडमा पार्लर खोलेको समेत बताए ।

बेबी प्लानको बारे कुरा गर्दै उनीहरुले अहिले आफुहरुको पेट पाल्न गाह्रो भएकाले पछि त्यसकारे सोच्ने बताए । भिडियोमा हेर्नुहोस् पुरुष जोडीले यसरी मनाए दोश्रो वैवाहिक वर्षगाँठ

 

Leave a Reply

Your email address will not be published.