Categories
समाचार

जब सन्दिप लामिछानेको अटोग्राफ लिन मैदानभित्रै छिरे यी बालक

काठमाडौं – नेपाली युवा खेलाडी सन्दिप लामिछाने अहिले मेलबर्न स्टार्सको टिमबाट खेल्न अस्ट्रेलिया पुगेका छन् । आज भएको उनको टिम मेलबर्न स्टार्स र होबार्ट हरिकेन्सबीचको खेल निकै रोमान्चक बन्यो । उक्त खेलमा सन्दिपको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पच्छ्याएको हरिकेन्स १६ ओभरमा १११ रनमै अलआउट भयो ।

उक्त खेलमा नेपनलका युवा खेलाडी सन्दिप लामिछानेले १ विकेट लिएका छन् । उक्त खेलको समयमा एक बालक मैदानभित्रै छिरेका छन् । ती बालक सन्दिप लामिछानेको अटोग्राफ लिन मैदानमा छिरेका हुन् । सन्दिपले बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिएका छन् ।

Leave a Reply

Your email address will not be published.