Categories
समाचार

सफल सहासी महिला एसपी गंगा पन्त चितवन प्रमुख बनेपछि तरंग

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ। सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा हरेक नागरिकको मनमा बस्न सफल महिला प्रहरी उच्च अधिकारी (प्रहरी उपरिक्षक (एसपी) गंगा पन्तलाई प्रमुख बनाइएको छ । चितवनका एसपी दानबहादुर मल्ललाई अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्डमा सरुवा गरे पन्तलाई पठाइएको हो । पन्त महिलाहरुमा मात्र हैन नेपाल प्रहरी बृत्तमा नै सफल र सहासी प्रहरी अधिकारीको रुपमा चिनिनु भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवन प्रहरी प्रमुखमा शुक्रबार सरुवा भएपछि एसपी गंगा पन्त सामाजिक सन्जालमा भाइरल हुनुहुन्छ । पूर्वमाओवादी निकट नेता तथा कार्यकर्ताहरुले पन्त बिरुद्द आएको समाचारलाई शेयर गरेका छन् भने तरुण दल र काँग्रेस कार्यकर्ताहरुले पन्तलाई बधाई तथा शुभकामना दिएका छन् । २०७४ सालमा एसपी पन्तले प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा ‘रिप’ लेखेर कमेन्ट गरेको समाचार आएको थियो । तर आज प्रचण्डकै गृहजिल्लामा एसपी पन्त पुग्दा हलचल भएको छ ।

नेपाली कांग्रेस र तत्कालिन माओवादी केन्द्रका सांसदहरुले २०७४ बैशाख १७ गते प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता गरेपछि महाअभियोगका पक्षमा अमित सिहं कार्कीले फेसबुकमा लेखेको स्टाटसमा डिएसपी गंगाले प्रचण्ड र देउवालाई श्रद्धाञ्जली व्यक्त गरेकी थिइन ।कार्कीको स्टाटसमा तत्कालिन डीएसपी पन्तले रिप लेखेकी थिइन् । रिप भनेको श्रद्धान्जली हो । उनको कमेन्ट नवराज सिलवाललाई महानिरीक्षक नबनाएर जयबहादुर चन्दलाई बनाएकोप्रति लक्षित थियो ।त्यसलगत्तै प्रहरी प्रधान कार्यालय कानुन शाखाले उनलाई रेकर्डमा जनिने गरी सचेत गराएको थियो ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा दोशी देखाउँदै उनलाई कारवाही गरेको थियो । तर उनी जनताका लागि भने निक्कै लोकप्रिय प्रहरी अधिकृत हुन् । उनको प्रसंशामा खुबै लेखिएको छ ।

पन्तको चितवन सरुवाले अध्यक्ष प्रचण्ड गृहमन्त्री रामवहादुर थापा ‘बादल’सँग रिसाएको समाचार पनि बाहिर आएको छ । यति मात्र हैन । चितवनमा मौलाएर बसेका मनोमानीवालाहरुको भागाभाग भएको छ । डन भनाउँदाहरु हल्लिएका छन् । पन्त नै त्यहाँ कसरी पठाईयो भन्नेमा अहिलेको सरकारपनि चकित बनेको छ । एसपीको सरुवा प्रहरी प्रधान कार्यालयले गरेको हो । यसमा आईजीपी सर्वेन्द्र खनालले केही गर्न खोजेको हो की भन्नेमा राजनीतिक पक्ति आत्तिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published.