Categories
मनोरंजन

प्रताप दासको नयाँ गीतमा निराजन र सृष्टिको रोमान्स (भिडियो)

काठमाडौं – गायक प्रताप दासको नयाँ गीत बजारमा आएको छ । गायक प्रताप दास र गायिका सुष्मा बिश्वकर्माको सुमधुर स्वरमा ‘सुखमा मात्र होईन’ बोलको गस्ीत गएको शुक्रबार युट्युबमा सार्वजनिक गरएको हो । यस गीतमा अम्बिका गुरुङको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा निराजन प्रधान र सृष्टि खड्का जोडीका रुपमा प्रस्तुत भएका छन् ।

रोमान्टिक शैलीमा निर्माण भएको यस गीतको भिडियालाई निसान कास्यप घिमिरेले निर्देशन गरेका छन् । गीतको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हन् भने बिकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा निराजन प्रधान र सृष्टि खड्कालाई रोमान्टिक मुडमा देखिएको छ।

अन्य समाचार

‘आमा’ ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, के होला चलचित्रमा अपेक्षा पुरा?

फागुन ९ गतेबाट चलचित्र आमा रिलिज हुने तयारीमा रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर केहि दिन अगाडी सार्वजनिक गरिएको थियो। सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर निकै लोकप्रिय भएको छ।

नेपालको युट्युव ट्रेण्डिङ्गमा हाल ट्रेलर दोश्रो स्थानमा रहेको छ। सकारात्मक प्रतिक्रियाले भरिपूर्ण ट्रेलरको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको छ। दिपेन्द्रले पशुपतिप्रसाद पछि आफुले यस्तो प्रतिक्रिया पाएको बताउदै आएका छन्। ट्रेलरले बनाएको हाईपले चलचित्र प्रति दर्शकको अपेक्षा उच्च हुने गर्दछ।

अव चलचित्र प्रति दर्शकको बढेको चासो पुरा हुने हो या होईन त्यो भने फागुन ९ गतेपछि थाह हुनेछ। शर्मिला पाण्डे निर्माता रहेको चलचित्रमा सुरक्षा र मिथिलाको साथमा सरिता गिरि, देशभक्त खनाल, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published.