Categories
सूचना प्रविधि

मलेसियामा कामदारको तलब बढ्यो

काठमाडौं । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य बनेको मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको पारिश्रमिक बृद्धि गर्ने भएको हो ।

नयाँ नियमअनुसार श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ । तलव बढेपछि प्रत्येक कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार रुपैयाँ हुनेछ ।यसअघि श्रमिकहरुको न्यूनतम पारिश्रमिक ११ सय रिंगिट थियो। न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने अपेक्षा गरिएकाे छ ।

अन्य समाचार

प्याजको उत्पादन बढाउन लसुन, प्याज मिसन कार्यक्रम

दाङका चार वटा पालिकामा ‘लसुन र प्याज मिसन’ कार्यक्रम सुरु भएको छ । कृषि ज्ञान केन्द्रको समन्वयमा दाङका बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका १२ मा लसुन, प्याज मिसन कार्यक्रम सुरु भएको हो ।

प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत् किसानलाई आत्मनिर्भर बनाउन मिसन कार्यक्रम सुरु भएको छ । ३ वर्षसम्म सञ्चालन हुने कार्यक्रममा डेढ विघादेखि १५ विद्दा क्षेत्रफलमा खेती गर्नुुपर्ने छ ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले चार ठाउँमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट प्राप्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि निर्णय भए पनि अब कृषि ज्ञान केन्द्रले स्थानीय कृषकसँग प्रस्ताव आह्वान गर्ने ज्ञान केन्द्रले जनाएको छ । स्थानीय कृषि समूह, सहकारी र निजी फर्मले लसुन र प्याज खेती गर्नका लागि प्रस्ताव पेस गर्नुपर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.