नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठमा पुर्याइएको छ।
पार्किन्सन्स पीडित सीताको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आयुर्वेदिक उपचार थालिएको हो।आमालाई लिएर छोरी गंगा दाहाल बिहीबार हरिद्वार गएकी छन्। उनीहरुसँगै पूर्व मन्त्री समेत रहेका नेकपा नेता मातृका यादव पनि हरिद्वार पुगेका छन्।
प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाका अनुसार सीताको फर्किने मिति टुंगो छैन। ‘पहिलेदेखि नै जाने कुरा भइरहेको थियो, यसपालि समय मिलेर जानुभएको हो। उपचारमा कति समय लाग्छ थाहा छैन’ उनले भने।
सीताको उपचारका लागि गत चैतमा प्रचण्ड अमेरिका पुगेका थिए।