Categories
ताजा समाचार

आफ्नो पीडा पोख्दै अभिनेत्री शिल्पा लेख्छिन् – ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच’

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका शिल्पा पोखरेल अहिले कुन अवस्थाबाट गुज्रिरहेकी छन् हामि सबैलाई थाहा नै छ । निर्माता छविराज ओझासँग २०७३ साल असार २९ गते विवाह गरेकी उनले यस बर्षको असारमा श्रीमानविरुद्ध प्रहरीमा घरेलु हिं सा को उजुरी दिएकी थिइन् ।

उनले उ जु री दिएपछि प्रहरीले दुबैलाई उपस्थित गराई अब झगडा नगर्ने भनि सम्झाएर पठायो । मिडियामा पनि दुबैले एक अर्कालाई आरोप लगाउदै आफ्नो बचाउ गर्न थाले । निर्माता छविराजले शिल्पालाई घर फर्कन आग्रह गरे तर शिल्पा सँगै बस्न नसक्ने बबताउदै आइन् ।

यसैक्रममा छविकी जेठी श्रीमती हेमा ओझाले दु बै वि रु द्ध प्रहरीमा बहुविवाहको उ जु री दिइन् । छविकी जेठी श्रीमती हेमाको उ जु री पछि काठमाडौं जिल्ला अदालतमा प्रहरीले दुबैलाई प क्रा उ गर्ने अनुमती माग्यो । तर छबि र शिल्पा भने फ रा र भए । लामो समयको फ रा र पछी शिल्पा सर्वोच्च अदालतसम्म पुगिन् ।

त्यसपछी उनलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्यो । उनले अहिले पनि नसोचेको घ ट ना सँग लड्दै आएकी छन् । यसैक्रममा शालै अभिनेत्री शिल्पाले सामाजिक सञ्जाल इन्स्टाग्राम एक स्टोरी राखेकी छिन् । उनले तस्बिर शेयर गर्दै लेखेकी छिन् – ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच । उ जित्न दिँदैन म हार्न जान्दिनँ ।’

 

Leave a Reply

Your email address will not be published.