एजेन्सी । विश्व विख्यात पत्रिका फोर्ब्सले भारतीय ‘१ सय फोर्ब्स सेलिब्रेटी’को नाम सार्वजनिक गरेको छ । उक्त लिस्ट अनुसार पहिलो नम्बरमा क्रिकेटर विराट कोहली पर्न सफल भएका छन् । गत बर्ष यो लिस्टमा सलमान खान टपमा थिए ।
यो सूची सेलिब्रेटीहरुको व्यवसायीक सफलता, सामाजिक सञ्जालको क्रेज लगायतका धेरै कुरा मापन गरि तयार पारिएको हो । अक्षय कुमार गत बर्ष तेस्रो नम्बरमा थिए भने यो बर्ष कमाईमा अक्षयले सलमान खानलाई उछिनेका छन् । अक्षय दोस्रो नम्बरमा पर्न सफल भएका छन् । गत बर्ष सलमान पहिलो, कोहली दोस्रो स्थानमा थिए ।
अन्य समाचार
३८ जना सवार विमान सोमबारदेखि सम्पर्कविहीन
चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट अन्टाक्र्टिकातर्फ उडेको हर्कुलस सी १३० चिलियन एयरफोर्सको कार्गो विमान सोमबारबाट सम्पर्कविहीन भएको छ।
उक्त विमानमा ३८ यात्रु सवार रहेको चिलीको वायुसेनाले विज्ञप्ति मार्फत जनाएको छ । सो बिमान स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा पुन्टा एरेनासबाट उडेको थियो।
विमान त्यसको करिब ३ घण्टापछि सम्पर्कबाट बाहिरिएको थियो । विमानको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।