अमेरिका । सीमाविद् बुद्धिनारायण श्रेष्ठले छिमेकी मुलुक भारतले मिचेको नेपाली भूमि छाड्दा कालो लाग्ने डरले पछि हट्न नसकेको बताएका छन् ।
पछिल्लो समय पारिवारीक भ्रमणका शिलशिलामा अमेरिकामा रहेका सीमाविद् श्रेष्ठ भारतको विरुद्धमा नेपालीहरुले ह्वाईट हाउस अगाडि आयोजना गरेको बृहत बिरोध प्रदर्शनमा पनि सहभागी भएका थिए ।
श्रेष्ठले भारतले नेपालको कालापनी, लिपुलेक र लिम्पुवाधुरा अतिक्रमण गरेको विषयमा कुरा गर्दै विश्वमा भारतीयको बेईजत हुने डरले भारत पछि हट्न नसकेको बताएका हुन् ।
श्रेष्ठले भने, सन् १९६२ को अक्टोबर नोभेम्बरमा भएको डरलाग्दो चीन र भारतको सीमा युद्धमा हारेर फर्किएको भारतीय फौज नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरामा बसेको र पछिल्लो समय सो भूमि नेपाली भएको जानकारी भएपनि उनीहरुले हेपेर कब्जा गरिरहेको हो ।
सीमाविद् श्रेष्ठसँग भिडियो कुराकानी:
https://www.facebook.com/dc.nepal/videos/2756614214405891/