लामो समयदेखि अष्ट्रेलियामा रहेका गायक सन्जीव खरेल र निकिता थापाको स्वरमा तयार भएको गीत प्रेम कहानीको म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटकमा करिब ४ लाख फलोअर्स पाउन सफल सुन्दरी मोडल उषा उप्रेती र सागर थापाको अभिनय रहेको छ। गीतको निर्देशन प्रविन भट्टले गरेका हुन्।
अनिल के मानन्धर र करन चैसरको छायांकन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ। गायक स्वयम्को शब्द रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।
भिडियो अहिले बजारमा चलिरहका भन्दा भिन्न शैलीमा तयार गरिएको छ। यसैबिच गीतकी मोडल उषा उप्रेतीले शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपाल मार्फत् आफ्नो कुराहरु राखेकी छिन् । उनले टिक टकमा छाडा कमेन्ट गर्नेहरुलाई ठाडो चेतावनी दिईन् । हेर्नुहोस, टिकटकबाट भाईरल भएकी झापाकी उषाले के भनिन् । भिडियो हेर्नुस
https://youtu.be/IjHBsoU1xSg