Categories
खेलकुद

सरकारको घोषणा – स्वर्ण पदक विजेताले ९ लाख पाउने

१३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ ।

बुधवार बालुवाटारमा सहभागी खेलाडीहरूमाझ प्रधानमन्त्रीले सागमा पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९-९ लाख दिने घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख दिइने पनि उनले घोषणा गरे ।

त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने सरकारले घोषणा गरेको छ ।

प्रधानमन्त्री ओलीले मंगलवार साग समापनमा देखाइएको भिडियो सन्देशमा खेलाडीहरूलई बालुवाटारमा निम्तो दिएका थिए ।

नेपालले सागमामा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ ।

पीपीएल क्रिकेटकाे खेल तालिका सार्वजनिक
काठमाडौँ– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बुधबार खेल तालिका सार्वजनिक गरेको हो।

सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन हुने पीपीएलमा ६ टोलीले सहभागिता जनाउने छन्। प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल बाल्स्टर, चितवन राइनोज, काठमाडौं गोल्डेन र धनगढी ब्लुज सहभागि हुनेछन्।

खेल मंसिर २८ गतेदेखि पुष १२ गतेसम्म पोखरा रंगशालामा हुनेछ। उद्घाटन खेलमा पहिलो संस्करणको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनकाे सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published.