Categories
अन्तरास्ट्रिय

सलमानलाइ लाग्यो यस्तो रोग, ‘बिग बोस १३ छोड्ने तयारी

एजेन्सी । सलमान खानले होस्ट गरेको ‘बिग बोस १३’ अहिले निकै चर्चामा रहेको रियालिटि शो हो । उनी लगातार १३ सिजन सम्म यो कार्यक्रमको सञ्चालक छन् । तर पछिल्लो समय उनलाई यो कार्यक्रम छोड्न परिवारवाट दववा आइरहेको छ । उनलाई स्वास्थ्यका कारणले परिवारवाट यस्तो दवाव आएको हो ।

कार्यक्रमले निकै राम्रो टिआरपी पाएको कारण निर्धारित समय भन्दा बढी पाँच हप्तासम्म बढाउने निर्णय निर्माताले गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई स्वास्थयले साथ दिएको छैन । उनको स्वास्थ्यले साथ नदिइरहेका कारण परिवारवाट शो छोड्न दवाव आएको भारतीय संचार माध्यमले बताएको छ ।

स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजिया रोगबाट ग्रसित छन् । यो रोग भएका मानिस रिसाउनु हुँदैन । तर कार्यक्रममा सलमान अत्याधिक रिसाइरहेको देख्न सकिन्छ । कार्यक्रममा रहेका कलाकारको ब्यवहारका कारण उनी रिसाइरहेका हुन्छन् ।

यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ तब त्यो उनीहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ ।

सलमानले पछिल्ला केही सिजनदेखि शो छोड्नेबारे कुरा गरिरहेका छन् तर हरेक पटक च्यानल र प्रोडक्सन हाउसले उनलाई मनाएर छोड्छन् तर यसपटक सलमान शो छोड्ने कुरामा अडिग भएको जस्तो देखिन्छन् ।

Leave a Reply

Your email address will not be published.