Categories
ताजा समाचार

चितवनमा बोलेरो गाडीको ठक्क*रले प्रहरी हवल्दारको निध*न !

भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको निधन भएको छ । निधन हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।

जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै निधन भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट महिलाको निधन

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको निधन भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.