Categories
ताजा समाचार

घट्यो सुनचाँदी मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं – आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आइतबार नेपाली बजारमा धेरैजसो सबै देशको मूल्यमा परिवर्तन आएको छैन । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ २१ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १५०रुपैयाँ १ पैसा तोकिएको छ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ २५ पैसा तोकिएको छ ।त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय १ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २ रुपैयाँ ९१ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ २३ पैसा तोकिएको छ ।त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.