काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य उद्घाटन भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी हुन् । दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला मानिने सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्,
‘म साग खेलकुद सुरु भएको घोषणा गर्दछु।’
उद्घाटन बेला गरिएको आतिशबाजीले चिटिक्क रंगशाल क्षेत्र निरन्तर चम्किएको थियो। नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको छ ।राष्ट्रपतिको सम्बोधनअघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए ।यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए ।त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खाएका थिए ।