Categories
ताजा समाचार

रवी लामिछानेलाई मुद्दा हाल्ने पत्रकार खेम भण्डारी विरुद्ध फेरि अर्को मुद्दा

कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा हिजो गा:ली बेइ:ज्जती मुद्दा दर्ता गरिएको छ । भण्डारी सम्पादक रहेको ‘मानखण्ड दैनिक पत्रिका’मा तथा सामाजिक सञ्जाल फेसबुकमा बदनाम गराउने नियतले समाचार सम्प्रेषण गरेको भन्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टले मुद्दा दर्ता गर्नुभएको हो ।

अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भण्डारीविरुद्ध गा:ली बेइ:ज्जतीअन्तर्गत मुद्दा दर्ता भएको बताउनुभयो । गतसाता अघिमात्रै विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत बार एसोसिएसनले दायर गरेको मुद्दामा पत्रकार भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय भुक्तान गर्नुभएको थियो ।

त्यस्तै यसअघि पनि जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर मुद्दामा पत्रकार भण्डारीलाई गत साउनमा एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो। आदेश अनुसार भण्डारीले यसै महिना एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायँ भुक्तान गरिसकेका छन्।

भण्डारीविरुद्ध निर्मला प्रकरणमा जोडिएका बम दिदी बहिनी मध्ये दिदी अनिता र तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि छुट्टाछुट्टै गा ली बे इज्जती मुद्दा दायर गरेका छन्।

केहि महिना अगाडी पत्रकार खेम भण्डारीले पत्रकार आचारसंहिता उल्लंघन गरको आरोप लगाउँदै सञ्चारकर्मी रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरेका थिए । भण्डारीले पत्रकार आचारसंहिताको नग्न उल्लंघन गर्नेमाथि हदैसम्मको कारबाही गरिपाउँ भन्दै काउन्सिलमा उजुरी दर्ता गराएका थिए ।

केही समयअघि सीधा कुरा जनतासँग कार्यक्रममा बोलाएर आफूलाई अपमान गरेको र आफूले दिएको सूचना तेस्राे व्यक्तिसमक्ष पुर्याएकाे आरोप लगाउँदै उनले उजुरीपत्र दायर गरेको समाचारले पनि त्यसबेला निकै चर्चा पाएको थियो । निर्मला प्रकरणमा विपक्षीहरूलाई सहयोग पुग्ने गरी आफ्नो भनाइलाई तोडमोड गरिएको उनको आरोपपत्रमा उल्लेख गरेका थिए । कार्यक्रम सिधा कुरा जनतासँगमा बोलाएर आफूले बोलेका भन्दा अन्य विषयलाई अतिरञ्जित हुने गरी युट्युबमा राखिएको उनको आरोप छ ।

उनले निर्मला प्रकरणमा निलम्बित डिएसपी अंगुर जिसीलाई पूरै समर्थन गर्ने गरी कार्यक्रम सञ्चालक लामिछानेले प्रस्तुत गरेको आरोप लगाएका थिए । न्युज २४ र कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमलाई विपक्षी बनाएका उनले आरोपपत्रमा न्युज २४ को सोही कार्यक्रमबाट माफी माग्न माग गरेका छन् । आरोप पत्रसँग उनले आवश्यक प्रमाणसमेत पेस गरेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published.