Categories
ताजा समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार,भेन्टिलेटर हटाइयो

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आए पछि अहिले भेन्टिलेटरवाट हटाइएको छ । मंगलवार एपेन्डिक्सको शल्यकृया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको हो । प्रधानमन्त्रीको स्वास्वास्थ्यका बारेमा जानकारी दिन बुधबार बिहान १०.३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा चिकित्सकको निरत्नर निगरानीमा राखिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय ज्यूको स्वाथ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेको व्यहोरा जानकारी गराइन्छ’ प्रधानमन्त्री ओली अहिले बोल्न सक्ने अवस्थामा छन् । उनले अस्पतालमा श्रीमती राधिका शाक्यको सहयोगमा कालो चिया पनि पीएका छन् ।

मृगौला सम्बन्धि समस्याका कारण नियमित डायलसिसमा रहेका प्रधानमन्त्री ओली अचानक पेट दुखेपछि मंगलबार करिब ९ वजे बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थियो । परिक्षणका क्रममा ओलीमा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो।

प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटिसकेका कारण उनलाई संक्रमणको खतरा रहेको भन्दै चिकित्सकले केही दिन अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन् । शल्यक्रियापछि मंगलवार उनलाई भेन्टिलेटरमा राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि बुधबार बिहान भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published.