सुर्खेत। गएको बैशाखमा तिलक खत्रीले जेठी छोरी सरिताको विवाह गर्दा छोरीज्वाइँलाई चार लाख रुपैयाँको माला लगाइदिए। जाजरकोटको नलगाड नगरपालिका, खगेनकोटका खत्री भन्छन्, “परिवारको इज्जत र सम्मानको लागि छोरी ज्वाइँलाई लाखौँ रुपैयाँको माला लगाइदिए।
”जाजरकोटमा मात्र होइन, कर्णाली प्रदेशका विभिन्न गाउँबस्तीमा विवाह गरेर बि’दाइ गर्ने बेला बेहुलाबेहुलीलाई नोटको माला लगाउने चलन बढ्दै गएको छ।कतिपयले भने देखाउनको लागि ऋण सापट गरेर धेरै पैसाको माला लगाइदिने प्र’तिस्पर्धाले समाजमा वि ’कृ ति नि’म्त्याएको बताउने गर्छन्।
अनौठो प्र’तिस्पर्धा – दुबोको मालाको सट्टा माइती पक्षले छोरीज्वाइँलाई ४०-५० हजारदेखि चार-पाँच लाख रुपैयाँसम्मको माला लगाइदिने र दाइजोमा थप रकम बाकसमा दिने चलन छ।छोराले थातथलो अर्थात घरजग्गा प्राप्त गर्ने र छोरीको हकमा आउने सम्पत्तिको हिसाबले चार लाख नगद र पाँच तोला सुन दिएको खत्री बताउँछन्।
पछिल्लो समय जाजरकोट, कालिकोट, रुकुम, जुम्ला, सुर्खेत र सल्यान जिल्लाका गाउँबस्तीमा यो चलन बढ्दै गएपछि धेरैले चि’न्ता व्यक्त गरेका छन्।यो चलनले समाजमा धनी र गरिबबीच वि ’भे द पै’दा गदै आ’र्थिक अ’वस्था कमजोर भएका वर्गको आ’त्मसम्मानमा चो’ ट पु’ र्या उने उनीहरुको तर्क छ। – बीबीसी नेपाली