Categories
समाचार

नेपाली चेली अनुष्का श्रेष्ठको अपिल: मिस वर्ल्ड जिताउन सहयोग र सक्दो सेयर गर्नुस

आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ ।

मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको छ । आउँदो डिसेम्बरमा हुन गइहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ ।

जसको लागि MOBSTAR! एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यसलाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ ।

अन्य समाचार

बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा विशेष अतिथिको रुपमा सहभागी हुन नेपाल आउन लागेका चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

उनी गत वर्ष पनि ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । यो वर्ष उनी कार्यक्रम हुनु भन्दा २ दिन अगाडि नै नेपाल आउने कार्यक्रम रहेको छ । किनभने उनी नेपाललाई आफ्नो ससुराली ठान्दछन् ।

उनले एक अन्र्तवातामा बताएका थिए , विश्वमा आफूलाई सबैभन्दा मनपर्ने देश नेपाल हो । त्यसैले गोविन्दा नेपाल आउन आफै तयार भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने महोत्सवमा गोविन्दाले आफ्नो दमादार प्रस्तुती दिनेछन् ।

महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरु सहभागी हुने जानकारी दिएको छ ।कार्यक्रम ३ दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published.