Categories
खेलकुद

टी-२० सिरिजको पहिलो खेलमा बंगलादेशले भारतलाई हरायो

एजेन्सी– बंगलादेशले भारतलाई तीन टी २० सिरिजको पहिलो खेलमा ७ विकेटले हराएको छ । भारत र बंगलादेश बीच दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । बंगलादेशले पहिलोपटक टी २० मा भारतलाई हराउन सफल भएको छ ।

दिल्लीको अरुण जेटली रंगशालामा भएको खेलमा इन्डियाले बंगलादेशलाई १४९ रनको लक्ष्य दिएको थियो। यो बंगलादेशको अन्तर्राष्ट्रिय टी २० प्रतियोगितामा भारतबिरूद्ध पहिलो विजय हो।

बंगलादेशले १९.३ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गरेको हो। बंगलादेशका लागि मुशफिकुर रहीमले सर्वाधिक ६० र सौम्य सरकारले ३९ रन बनाए। सरकारले रहिमसँग तेस्रो विकेटको लागि ६० रनको साझेदारीमा प्रहार गरेका थिए । दीपक चहारको बलमा लिटन दासले ७ रन बनाए भने डेब्यू खेलमा मोहम्मद नईमले २६ रन बनाए ।

-भारतले २० ओभरमा ६ विकेटसहित १४८ रन बनायो भने बंगलादेशले १९.३ ओभरमा १५४ रन बनायो।, -यसअघि भारत र बंगलादेशले खेलेका ८ वटा टी २० मा भारतले जित हासिल गर्दै आएको थियो ।

-बंगलादेशका लागि मुशफिकुर रहीमले सर्वाधिक ६० र सौम्य सरकारले ३९ रन बनाए, -दुई टोलीबीच तीन टी २० को दोस्रो खेल नोभेम्बरमा राजकोटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.