एक महिनाअघि बागलुङमा बिहे गरेकी युवती कालीगण्डकी नदी किनारमा मृ त फेला परेकी छन्। बागलुङ नगरपालिका–३ मा विवाहित १८ वर्षीया विजु जिसी मंगलबार दिउँसो कालीगण्डकी नदी किनारमा मृ त फेला परेकी हुन।
पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा पर्ने कालीगण्डकी किनारमा माछा मार्न गएका स्थानीयले जिसीलाई मृ त अवस्थामा फेला पारेका थिए। जिसी असोज १७ गतेदेखि हराउनुभएको थियो।
पर्वत जिल्लाको जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी जिसीले गएको भदौमा बागलुङ नगरपालिकाको गुठी निवासी असिम खड्कासँग प्रेम विवाह गर्नुभएको थियो। विवाहपछि परिवारले अस्वीकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिँडेको भनेर मृ तकका माइती पक्षले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिएका थिए।
मृ तक जिसीको श व पोस्टर्माटमका लागि पर्वत जिल्ला अस्पताल कुस्मामा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो। नेपाल समाचार पत्रमा खबर छ ।