Categories
अन्तरास्ट्रिय

ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृ*त्यु भएको दाबी

काठमाडौं, १६ साउन -अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् ।

अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ । गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो । करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेन अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए ।

यता संवाददाताहरूले हम्जाको मृत्युबारे प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए । ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।

यो पनि हेर्नुहोस-नायिका परमिता आरएल रानाले तेलेगु चलचित्रमा खेल्ने

नायिका परमिता आरएल रानाले तेलेगु चलचित्रमा खेल्ने भएकी छिन ।

‘चपली हाइट २’मा बोल्ड सिन दिएर नेपाली फिल्ममा डेब्यू गरेकी बोल्ड एण्ड व्यूटिफूल एक्टर्स परमिताले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी हुन् । यससंगै उनी तेलेगु चलचित्रमा अभिनय गर्ने पहिलो नायिका हुने छिन् ।

टलिउड सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने चलचित्रमा परमिता शिर्ष भूमिकामा रहने छिन् । उनको पहिलो तेलेगु फिल्मको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । निकै ठूलो बजेटमा निर्माण हुने बताइएको उक्त चलचित्रलाई बिनु सुब्रह्मण्यमले निर्देशन गर्नेछन भने विभिएसएन प्रसादको निर्माण रहनेछ । पहिलो तेलेगु फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको अभिनेत्री परमिताको फेसबुक र ईन्स्टाग्रामको स्टाटसहरुबाट बुझ्न सकिन्छ ।

सन् २०२० को जूनबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ । एक्सन-थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा मणि शर्माले संगीत भर्नेछन् ।

नेपाली चलचित्र जगतमा आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्षरत परमिताको नयाँ फिल्म ‘द कर्मा’ प्रदर्शनको पखाईमा छ । ‘चपली हाइट २’ पछि उनले केही नेपाली चलचित्रमा अभिनय गरिन् । तर, कुनैले पनि बक्स अफिसमा गतिलो व्यापार गर्न सकेन । चर्चाको हिसाबले हेर्ने हो भने पनि उनको अभिनयको भन्दा पनि उनको मुहार र शारीरिक बनावटको धेरै प्रशंसा हुने गर्दछ।

Leave a Reply

Your email address will not be published.