मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो । केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले
कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने जानकारी दिनुभयो । “सबै अदालतमा उक्त सेवा शुरु भएपछि कारागारभित्र रहेको भिडियो कन्फरेन्स सेवाको सुरुआत हुन्छ”, उहाँले भन्नुभयो ।
सबै कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको शुरुआत गरेको कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फरेन्सिङ सेवा जडान गरेको हो । विभागका सूचना अधिकारी वासुदेव घिमिरेले सबै कारागारमा भिडियो कन्फरेन्स सेवा जडान गर्ने विभागको योजना रहेको बताउनुभयो ।
विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । उक्त कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेका छन् । केन्द्रमा एक हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक रहेको कारागार प्रमुख सापकोटाले जानकारी दिनुभयो।
यो पनि हेर्नुहोस-यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग समान
भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । हुनपनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ ।
शास्त्रले पनि यहि बताउँदै आएको छ की असल नारी कुनैपनि घरको गहना हो । यहाँ हामीले नारीमा हुनुपर्ने केही गुणहरु उल्लेख गरेका छौं । जुन गुण हुने नारीहरु भएको घर स्वर्ग समान हुन्छ ।
– जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली÷ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ ।
– कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ ।
– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ ।
– जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छीन् भने त्यो घरमा पनि देवताका बास हुन्छ ।
– अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।
– जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ ।
– पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झगडा पर्दैन ।