Categories
ताजा समाचार

किन आज आइतबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने हेर्नुहोस

काठमाडौँ । आज (आइतबार) रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ।

देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्नुपर्ने भएकाले अब प्रत्येक दिन राति ११ बजेदेखि बिहान साढे ६ बजेसम्म दैनिक ७ घण्टा विमानस्थल बन्द हुने विमानस्थल स्रोतले जनाएको छ।

धावनमार्गको मध्य रेखामा बत्ती राख्ने तथा ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ढल मर्मत गर्ने काम आगामी पुस १५ गतेसम्म चल्ने छ।

अहिले विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान तथा अवतरण हुँदै आएका छन्।

यो पनि हेर्नुहोस- तीन वर्षकी हुँदा आमा बुवा गुमा एकी एक बालिकको संघर्ष सुन्दा सबैको आँखा रसाउँछन

बुटवल तीन वर्षकी हुँदा आमा बुवा गुमा एकी एक बालिकको संघर्ष सुन्दा सबैको आँखा रसाउँछन् । न घर, न सम्पत्ती न त साथमा माया गर्ने आमा बुवा । एक बालिकाको जीवन कसरी बित्यो होला रु तर पनि कक्षा ८ सम्म पढ्दै गरेकी बाग्लुङ्गको ढोरपाटन नगरपालिका वडा नम्वर ९ नवीगाउँकी १४ वर्षीया किशोरी रैमला बिकले हिम्मत हारेकी छैनन् । सानो गोठको छेउमा भान्सासँगै सुत्ने र बस्ने बनाएकी छन् त्यही पढ्छिन्, विद्यालय जान्छिन् र आफ्नो जीवन चलाइरहेकी छन् । उनी ढोरपाटन जनवादी आधारभूत विद्यालयमा पढ्छिन् । प्रधानध्यापक देवबहादुर सुनार भन्छन्, ‘स्कुल ड्रेस र कापी कलम किन्ने उनको उपाय नभएपछि हामीले नै चन्दा उठाएर पढाउँदै आएका छौं ।’

३ बर्षकी छँदा बाबु गुमा इन्: गोठमा सुत्ने र खाने गर्दै अहिले चन्दा उठाएर ८ कक्षामा पढ्छिन

उनको बाबु तिलमान विकको क्यान्सरको उपचार हुन नसकेपछि २०६० सालमा यो संसार छोडे । लगत्तै आमा मनकलीले उनै तीन बर्षकी छोरी छाडेर अर्को विवाह गरिन् । त्यसपछि उनको संघर्षको दिन सुरु भयो । हजुरबुवा हुनुहुन्थ्यो र थोरै भएपनि स्यहार पाएकी रैमलाको ७ बर्षको उमेर देखि त्यो छत्रछाँया पनि खोसियो । अहिले यो संसारमा उनी एक्लै छन् ।

‘कहिले भोकै बस्छु, कहिले गाउँमा अन्न मागेर पकाएर खान्छु । चाड पर्वमा कसैले माछा मासु दिए खाने हो, नत्र अहिलेसम्म मासु किनेर खाएकी छैन ।’ उनले गहभरी आँशु पार्दै भनिन् । ‘कसैको दैलो कुचो, ढिकी जाँतो र घाँस पातकै भरमा मुस्किलले पढे पनि त्योभन्दा माथि अध्ययन गर्न मुस्किल भएपछि सञ्चारमाध्यम मार्फत सबैसंग सहयोगको अपिल समेत गरेकी छन् । उनलाई पढ्ने धोको भने छ । अहिलेको जीवन जस्तो भएपनि पढेर आफ्नो जीवन सुधार्ने अपेक्षा उनले गरेकी छन् ।

सोही गाउँमा अर्का स–साना तीन बालबालिकाको पनि त्यस्तै बिचल्ली छ । गाउँका देवेन्द्र विक मानसिकता सन्तुलन ठिक नभई भारतमा बेपत्ता छन् । दुई महिनाअघि मुटुसम्बन्धि रोगको उपचार गर्न नसकी उनकी श्रीमती सम्झना विकको दुई महिनाअघि २७ बर्षको उमेरमा मृत्यु भएपछि उनका तीन बालबालिकाको पनि विच ल्ली छ । ३ देखि ९ बर्ष सम्मका छोराछोरी यतिबेला बिच ल्लीमा परेका छन् । तस्बिर रातोपाटी

Leave a Reply

Your email address will not be published.