Categories
ताजा समाचार

दिल निशानी-रवी लामिछानेलाई हिरा*सतमा नराखेर होटलमा राख्ने ? ज्ञानेन्द्र शाही द*लाल हो ( हेर्नुहोस भिडियो सहित )

पत्रकार शालिकराम पुडासैनी देहत्याग दुरुत्साहन अभि योगमा प क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका थिए । गत हप्ता शुक्रबार प क्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

पुडासैनी प्रकरणमा रबि लामिछानेलाई हिरासतमा लिन नहुने भन्ने समर्थकको मागको विषयलाई लिएर पत्रकार दिल निशानी मगरले आफ्नो विचार राखेका छन । मगरले पत्रकार भेटघाट कार्यक्रममा जो कोहि पनि संबिधान र कानुन भन्दा माथि नहुने जिकिर गरे । रबि लामिछानेलाई पुडासैनीले दोषी भनेर भिडियो छोडेर गएपछि उनलाई अनुसन्धानको दायरामा ल्याउनु कुनै गलत नभएको मगरको ठम्याई छ ।

यो पनि हेर्नुहोस-रवीसंगै प९क्राउ परेका युवराज कंडेलले भने : ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु’

 

। पत्रकार सालिग्राम पुडासैनी प्रकरणमा प क्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए। रवि लामिछानेले भनेका थिए, ‘आ रोप लगाउने म रेर गएपनि आरोप खेप्ने म जिउदै छु। म र्नेले लगाएको एउटा मात्रै आ रोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आ रोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’

त्यस्तै युवराज कँडेले पनि लेखेका थिए, ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडिदिएको छु, अनि अष्ट्रेलिया पठाइदिनेलगायतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानून छ अनि सबैकुरा देख्ने ईश्वर छ म म र्न तयार छु। सबैकुरा छानबिन होस्। हामीले कुनै अ पराध गरेका छैनौं।’

रवि लामिछानेलाई थप पाँच दिन हि रासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हि रासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हि रासतमा राख्न आदेश दिएको हो।

सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो। तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले दु रुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। पत्रकार शालिकराम पुडासैनीको प्रकरणको अनुसन्धान सिलसिलामा प्रहरीले उनीहरूलाई साउन ३० प क्राउ गरेको थियो।

प्रतिष्ठानमा अक्सिजन अभाव

यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएको छ । प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो । बाहिरबाट सिलिण्डर किनेर ल्याइँदै आए पनि पर्याप्त नआएपछि अभाव भएको चिकित्सकले बताएका छन् ।

अक्सिजन निर्यात गर्दै आएको कम्पनीले पर्याप्त निर्यात गर्न छाडेपछि आकस्मिककक्ष र बिरामी उपचार गर्न राख्ने वाडमा अक्सिन अभाव भएको चिकित्सकले जानकारी दिनुभयो । प्रतिष्ठानको प्लान्ट बिग्रिएपछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गरिँदै आएको थियो । उसले पनि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेपछि अभाव भएको बताइएको छ ।

प्रतिष्ठानले दैनिक रु ६० हजारदेखि रु ८० हजार व्ययभार हुने गरी सिलिण्डर खरीद गर्दै आए पनि पछिल्लो समय सिलिण्डर पर्याप्त नआएको एक चिकित्सकले बताउनुभयो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा गुरुप्रसाद खनालले प्रतिष्ठानको अक्सिजन प्लान्टले लामो समयदेखि काम नगरेका कारण सिलिण्डर किन्दै आएको बताउनुभयो । उहाँले दई साताभित्र मर्मत गरी उत्पादन शुरु गरिने बताउनुभयो । प्रतिष्ठानलाई प्रतिमिनेट ८०० लिटर अक्सिजन आवश्यक पर्ने गर्छ ।

Leave a Reply

Your email address will not be published.