Categories
ताजा समाचार

भिडियो लिक भएको कारणले ,एस पि मल्ल पनि अनुसन्धानको घेरामा तानिने संकेत

नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउदै कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गर्नु गल्ती भएको टिप्पणी गरेका छन् । संचारकर्मीसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिकराम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गरेका छन् ।

घटनाबारे लगाइएको आरोपलाई लिएर रविजीले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने र दोषी देखिए कारवाही भोग्ने नैतिक साहस देखाइसकेको अवस्थामा जुन तरिकाले एक सामाजिक प्रतिष्ठा भएका मान्छेलाई त्यसरी संचारगृहभित्र पसेर लगियो, त्यस्तो गर्नु गलत भएको उनले बताएका छन् । उनले प्रहरीको अनुसन्धान जस भन्दा बढी अपजस कमाउने ठाउँ बनेको गुनासो गर्दै रवि लामिछानेको अनुसन्धान प्रक्रियामा केही गल्तीहरु भएको टिप्पणी पनि गरेका छन्

यो पनि हेर्नुहोस -भूतपूर्व युवराज पारस शाहले त्यहाँ खटिएका एक प्रहरी अधिकृतलाई धकेलेको विषयमा यसरी हुँदैछ छानविन

बीबीसी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष बाहिरबाट भित्र जाँदै गरेको देखिएका भूतपूर्व युवराज पारस शाहले त्यहाँ खटिएका एक प्रहरी अधिकृतलाई धकेलेको जस्तो देखिने भिडिओको चर्चा सामाजिक सञ्जालमा अझै सेलाइसकेको छैन। सो घटना गत आइतवार दिउँसो १ बजेतिर भएको प्रहरीले जनाएको छ।

त्यतिबेला पूर्वयुवराज आफ्नी आमा पूर्वरानी कोमललाई बिदाइ गर्न आफ्ना छोरा र भान्जासहित अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। कोमल त्यतिबेला स्वास्थ्य परीक्षणका लागि थाई एअरवेजको उडानबाट थाईल्यान्डको राजधानी ब्याङ्कक जान लागेकी थिइन्। पूर्वराजपरिवार बस्ने निर्मल निवासका एक अधिकारीका अनुसार पूर्वराजा ज्ञानेन्द्र पनि केही समयदेखि थाईल्याण्डमै छन्।

ुउहाँ पछिपछि र छोरा अघिअघि भीभीआईपी ९अतिविशिष्ट कक्ष० मा जाने बेलामा प्रहरीले पास खोज्नुभएछ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएको नेपाल प्रहरी टोलीका प्रमुख डीआईजी सूर्य उपाध्यायले बीबीसीसँग भने। त्यतिबेला धकेलिएको रहेछ भन्ने हाम्रो प्रारम्भिक बुझाइ छ।ु

प्रहरी नै पीडित भएको देखिन्छ। तर यस्ता घटना अन्तर्राष्ट्रिय विमानस्थलमा बारम्बार भइरहन्छन्। कहिले म भीआईपी हुँ भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरू आउँछन्। हामीले पास भए नभएको जाँच गर्नुपर्छ। यसलाई ठूलो बनाउन आवश्यक छैन। उनका अनुसार आइतवार भीभीआईपी कक्षबाहिर खटिएका प्रहरीले पूर्वयुवराजको छोरा हृदयेन्द्रको पास भए नभएको जाच्ने क्रममा त्यो घटना भएको रहेछ। उनले भने, त्यहाँ खटिएका प्रहरीले पनि यसलाई ठूलो मानेका छैनन्। सामान्य घटना हो।

पूर्वयुवराज पारस शाह वा पूर्वराजपरिवारले आइतवारको घटनाको विषयमा औपचारिक रूपमा प्रतिक्रिया दिइसकेका छैनन्। पूर्वराजपरिवार निवासका एक अधिकारीले आफूलाई त्यो घटनाको बारेमा केही थाहा नभएको बताए।

डीआईजी उपाध्यायका अनुसार एक समितिले आइतवारको घटनाको छानबिन गरिरहेको छ। छानबिन गर्न त्रिभुवन विमानस्थलमै कार्यरत एक एसपीको संयोजकत्वमा समिति बनाइएको छ। त्यो समितिले घटनाको बेला विमानस्थल कार्यालयले पूर्वयुवराज र उनका सुरक्षाकर्मी र अन्य व्यक्तिलाई पास दिए नदिएकोदेखि लिएर घटना के कसरी भयो जस्ता विषयमा आन्तरिक छानबिन गरिरहेको छ।

डीआईजी उपाध्यायका अनुसार छानबिन गर्न अझै केही दिन लाग्छ। ‘उनले भने, ुयो धेरै ठूलो घटना त होइन। यसबारे अनावश्यक चर्चा भइरहेको छ। हाम्रो प्रहरी नै पीडित भएको देखिन्छ। तर हाम्रो आन्तरिक छानबिन चलिरहेको छ। त्यसको निष्कर्ष चाँडै आउँछ।’ पूर्वयुवराज पारसले प्रहरीलाई हातपात गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई केहीले कार बाही गर्नुपर्ने माग राखेका छन्।

केहीले भने प्रहरीले नै दुर्व्यवहार गरेकाले उनले आक्रामक रूपमा प्रतिक्रिया दिएको टिप्पणी गरेका छन्। पारस शाहको नाममा खोलिएको एउटा फेसबुक पेजमा विमानस्थलको घटनामा पूर्वयुवराजले माफी माग्दै सन्देश लेखेको देखिन्छ। तर सो खाताको आधिकारिकता बीबीसीले पुष्टि गर्न सकेको छैन।

Leave a Reply

Your email address will not be published.