Categories
ताजा समाचार

सप्तरीमा जीप दुर्घट*ना हुँदा पत्रकार डायलसनको मृ*त्यु

राजविराज । सप्तरीमा जीप दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ३५ वर्षीय पत्रकार डायलसन अधिकारी रहेको प्रहरीले जनाएको छ ।

पत्रकार अधिकारी रेडियो नेपालमा कार्यरत थिए । कञ्चनरुप गाउँपालिकामा भएको उक्त जीप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको हो ।

घाइते भएका अन्य चार जनालाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले बताएको छ । अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि जादैँ थियो ।

यो पनि हेर्नुहोस् -लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झ*डप भएको र प्रहरीले अश्रु ग्यास प्रहा*र
काठमाडौं, ३२ साउन । चितवनमा शनिबार पनि झ डप भएको छ । चितवनमा शक्ति केन्द्रित गरेका रवि लामिछानेका समर्थकले आज पनि प्र दर्शन र नारावाजी जारी राखेका छन् । पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच शनिवार पनि झ डप भएको छ । प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झ डप भएको र प्रहरीले अश्रु ग्यास प्र हार गरेको हो ।

लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगा मुढा गरे पछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले प क्राउ गरेको थियो ।

प क्राउ परेपछि रवि लामिछानेका सर्मथकले चितवन जिल्ला प्रहरी कार्यलय अघि प्रद र्शन गरेका छन् । यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झ डप भएको थियो । रविका पक्षमा माहौल सिर्जना गर्न सामाजिक सञ्जालमा चर्को अभिब्यक्ति दिने रविका समर्थक अहिले चितवन पुगेका छन् । उनीहरुले सामाजिक सञ्जाल र सडक दवै स्थानवाट रविका पक्षमा शक्ति केन्द्रित गरेका छन् । प्रहरी कार्यालयमा भेला भएका रवि समर्थकले शनिवार नेपाल बन्द भन्दै आन्दोलनको घोषणा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.