Categories
अन्तरास्ट्रिय

सुष्मा स्वराजको प्रेमकथाः ‘स्वराज’ श्रीमानको नामलाई थर बनाइन्, आखिर के थियो उनको थर ?

काठमाडौं । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हाे ।
उनलाई मङ्गलवार राति उपचारको लागि दिल्लीको एम्स् अस्पताल भर्ना गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन्। मोदीले स्वराजको निधनका कारण आफू मर्माहत भएको उल्लेख गरेका छन्।

२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् ।उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।उनले आफ्नो राजनीतिक यात्रा अखिल भारतीय विद्यार्थी परिषदबाट सुरू गरेकी थिइन्। पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। पछि उनी राजनीतिमा जोडिइन्।हरियाणाबाट चुनाव जितेकी उनी २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्। ६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्।

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ ।उनका आमा–बुवा पाकिस्तानको लाहौरका थिए । उनीहरु पछि भारतको हरियाणाको अम्बालामा बस्न थाले । पिता हरदेव शर्मा राष्ट्रिय स्वयंसेवक संघका निकै चर्चित सदस्य थिए । उनले संस्कृत र राजनीतिक विज्ञानमा अम्बाला क्यान्टको सनातन धर्म कलेजबाट शिक्षा हाँसिल गरिन् र त्यसपछि चंडीगढको पंजाब युनिभर्सिटीबाट कानूनको डिग्री हाँसिल गरिन् । उनी वाककलामा निपुण थिइन् । हरियाण ल्याङ्वेज डिपार्टमेन्टको प्रतियोगितामा लगातार तीन वर्षसम्म सर्वश्रेष्ठ हिन्दी वक्ताको अवार्ड पाइन् ।

रिपोर्टका अनुसार सुष्मा स्वराजको कानून विषय पढिरहेका बेला स्वराज कौशलसँग भेट भएको थियो । दुबैको प्रेम कहानी कलेजबाट सुरु भयो । सुष्मा स्वराज सर्वोच्च अदालतकी वकिल पनि भइसकेकी छिन् ।सन् १९७५ मा सुष्मा स्वराज सोशलिस्ट नेता जर्ज फर्नान्डिसको लीगल डिफेन्स टिमकी हिस्सा बनिन् जसमा स्वराज कौशल पनि थिए । उनले र स्वराज कौशलले संकटकालका बेला जयप्रकाश नारायणको आन्दोलनमा निकै सक्रिय भएर भाग लिए ।

त्यतिबेला नै उनीहरुबीचको सम्बन्ध थप प्रगाढ बन्यो र विवाह गर्ने निर्णय लिए । तर यो त्यति सजिलो थिएन । दुबैले आफ्नो परिवारलाई मनाउनका लागि निकै कसरत गर्नुपर्यो । त्यसपछि सन् १९७५ जुलाई १३ मा दुबैले विवाह गरे । विवाहपछि सुषमा स्वराजले आफ्ना श्रीमानको नामलाई थर बनाइन् ।

Leave a Reply

Your email address will not be published.