Categories
खेलकुद

फुटबलका चर्चित खेलाडीहरुको स्वास्थ्य जोखिममा रहेको

फुटबलका चर्चित खेलाडीहरुको स्वास्थ्य जोखिममा रहेको एक अध्ययनले देखाएको छ । ग्लोबल प्लेयर युनियनका अनुसार फुटबलरहरुको स्वास्थ्यमा जोखिम देखाएको हाे ।

गएको सिजनमा १६ भन्दा बढी खेलाडीले ८० खेलसम्म खेलेको देखिएको छ । जसमा एक जना खेलाडीले कम्तीमा पनि १ लाख १० हजार किलोमिटरको दूरी पार गरेको देखिएको छ ।

टोटेन्ह्यामका सन हेउङ मिन, लिभरपुलका डुओ एलिस्सन बेकर र साडिओ मानेको स्वास्थ्यमा सबैभन्दा बढी असर पर्ने देखिएको छ । अनुसन्धानले कुनै खेलाडी मानसिक र शारीरिक समस्यासँग जुधिरहेको पनि देखाएको छ ।

युभेन्टसका डिफेन्डर जर्जियो चिएलिनीले खेलाडीले सुरक्षा चाहेको बताएका छन् । अनुसन्धानका अनुसार ६३ देशका ६५ हजार फुटबल एसोसिएसनहरुमा १२ महिनाभरिमा १६ खेलाडीहरुको मात्र स्वास्थ्यमा गम्भीर प्रभाव परेको देखिएको छ ।

अनुसन्धान रिपोर्टका अनुसार युरोप बाहिरका खेलाडीहरुमा माने, एलिस्सन र सनले युरोपीयन क्लबमा आबद्ध भएसँगै आराम नगरिकन निरन्तर खेलमा सहभागी भएको देखिएको छ ।

यी खेलाडीहरुले ५ दिन पनि राम्रोसँग आराम नगरिकनै खेल खेलेको देखिएको छ । टोटेन्ह्यामका सनले ७८ खेलमा १ लाख १० हजार किलोमिटर यात्रा गरेका छन् भने ब्राजिल र लिभरपुलका गोलकिपर एलिस्सनले ७२ खेलमा ८० हजार किलोमिटर यात्रा तय गरेका छन् ।

बार्सिलोनाका इभान राकिटिकले पनि ५ दिनभन्दा बढी आराम नगरिकनै ३ क्वार्टरका खेलहरु खेलेका छन् । लिभरपुलका मानेले ७० खेलमा १ लाख किलोमिटरको यात्रा गरेको देखिएको छ ।

अनुसन्धानले चर्चित खेलाडीहरुको स्वास्थ्य खेल क्यालेन्डरले गर्दा बिग्रिएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published.