Categories
ताजा समाचार

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

सोलुखुम्बु / विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि तयारी चलिरहेको छ । अनुमति पाएका आरोहीहरुले आरोहणका लागि आधार शिविरबाट आवश्यक सामाग्री क्याम्प थ्रीसम्म ओसार्ने काम भईरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सम्पर्क अधिकृत श्रेष्ठ भन्छन्, ‘आरोहणको पुर्वसन्ध्यामा आरोहणको तयारी भईरहेको छ । आधार शिविरबाट क्याम्प थ्री सम्म ओसार्ने काम हुदैछ ।’ उनका अनुसार कतिपय आरोहीहरु क्याम्प टु र थ्री आउनेजाने गरिरहेका छन् । आधारशिविरमा करिब १५ सय देखि दुई हजारको हाराहारीमा आरोही, गाईड, भरिया रहेका छन् ।

तिब्बती क्षेत्रको सगरमाथा आधार शिविरमा पनि आरोहीको घुँइचो
सगरमाथाको उत्तरी मोहडा अर्थात तिब्बती क्षेत्रको आधारशिविरमा पनि आरोहीको घुँइचो लागेको छ । तिब्बती क्षेत्रबाट सगरमाथा चढ्नको लागि सबै आरोहीहरु आधारशिविरमा पुगेपछि चलपहल बढेको हो । भारतमा आएको ‘फानी’ले तिब्बती क्षेत्रमा पनि असर परेको थियो । । ५ दिनसम्म बाक्लो हुस्सु र भारी हिमपात भएका कारण आरोहणमा गएका आरोहीहरु त्रिपालभन्दा बाहिर निस्कन सकेका थिएनन् । सोमबारबाट सुध्रिदै गएको मौसमका कारण आरोहीहरु उचाई पचाउनको लागि आधारशिविरबाट माथिल्लो शिविर उक्लदै तलमाथी गरिरहेको तिब्बती आधारशिविरमा रहेका ङिमानुरु शेर्पाले बताए । मौसम खुलेसँगै आरोहीहरु उचाईको वातावरणसँग घुलमिल हुन अभ्यास गरिरहेका छन् ।

विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि तयारी चलिरहेको छ । अनुमति पाएका आरोहीहरुले आरोहणका लागि आधार शिविरबाट आवश्यक सामाग्री क्याम्प थ्रीसम्म ओसार्ने काम भईरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सम्पर्क अधिकृत श्रेष्ठ भन्छन्, ‘आरोहणको पुर्वसन्ध्यामा आरोहणको तयारी भईरहेको छ । आधार शिविरबाट क्याम्प थ्री सम्म ओसार्ने काम हुदैछ ।’ उनका अनुसार कतिपय आरोहीहरु क्याम्प टु र थ्री आउनेजाने गरिरहेका छन् । आधारशिविरमा करिब १५ सय देखि दुई हजारको हाराहारीमा आरोही, गाईड, भरिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published.