एजेन्सी । भारतमा कोरोना भाइरवि’रुद्धको खोप अभियान शनिबारबाट देशव्यापी चलाइएको छ । शनिबार एकै दिन करिब २ लाख स्वास्थ्यकर्मीहरुलाइ उक्त खोप दिइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार शनिबार पहिलो दिन ३ लाखलाई कोरोना खो’प लगाउने लक्ष्य भए पनि १ लाख ९१ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाइ मात्र खोप लगाउन सकिएको बिबिसी हिन्दीले जनाएको छ ।त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिनमा ३ हजार ३५१ सेसन (सत्र) हरू भए, जसमा दुई खालका भ्याक्सिन को’भाक्सिन र को’भिसिल्डको प्रयोग गरिएको थियो ।
भा’रतीय यस खोप अ’भियानलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानका रुपमा हेरिएको छ ।तर खोप लगाएका केही मासिनमा भने सा’इड इ’फेक्ट देखिएको बताइएको छ, जसमध्ये एक जनाको अवस्था ग’म्भीर रहेको छ ।
पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मी लाई कोरोना खोप दिइएकोमा तीमध्ये ५२ जनाको स्वास्थ्यमा स’मस्या आएको बताइएको छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै ए’लर्जीको स’मस्या देखिएको थियो ।समाचार एजेन्सीहरुका अनुसार भारतको राजधानी नयाँ दिल्लीका ११ जिल्लामा गरी ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो ।
तीमध्ये ५२ जनामा खोपको सा’इडइफेक्ट देखिएको बताइएको छ । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि सा’इडइफेक्ट देखिएको बताइएको छ । तर देशभरिबाट सा’इड इ’फेक्ट हुने यकीन तथ्यांक भने उल्लेख छैन ।
भारतमा अक्सफोर्ड युनिभर्सिटीले ए’स्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोप को’भिसिल्ड हो, जसलाई भारतमै से’रम इ’न्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । यसैगरी भारत बा’योटेकले विकास गरेको कोरोना खोप को’भ्याक्सिन हो । यी दुवै खोपलाई भारतमा आ’म प्रयोगका लागि अनुमति दिइएको हो ।