Categories
राजनीतिक

ओलीले नेता योगेशलाइ मलाई पछाडीबाट पुक्क लात हानेर भागेको बैगुनी केटो भनेपछि योगेशले फर्काए ओलीलाई यस्तो जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराई केटोले आफुलाई बैगुन गरेको भन्दै टिप्पणी गरेपछि योगेश भट्टराईले मुख खोलेका छन् । ओलीले योगेशलाइ जिताउन गृहजिल्लामा पुगेर भोट मागिदिएको स्मरण गर्दै त्यसको बदला आफुलाई धोका दिएको टिप्पणी गरेपछि भट्टराईले सामाजिक संजाल फेसबुकबाट उत्तर फर्काएका छन् ।

सामाजिक संजाल फेसबुकमा भट्टराईले स्टाटस लेख्दै भनेका छन्, केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौमा शनिवार सम्बोधन गर्दै उनले भनेका थिए प्रदेश १ मै यस्तो वैगुनी निस्किए उनले भने, चुनावमा क्षेत्रमै पुगेर यो केटोलाई जिताएर पठाउनु मन्त्री बनाउँछु भने, जितेपछि मन्त्री पनि बनाइयो । तर एक दिन पुक्क लात्ताले हानेर भाग्यो ।

यो तलको लिंक मा किलिक गर्नुहोस्

https://www.facebook.com/yogesh.bhattarai.754?fref=nf

 

को रहेछ भनेर पछाडी हेरेको त उनी केटो । उनले भट्टराई प्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् ।

ओलीले यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published.