Categories
राजनीतिक

भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न मानेनन्

काठमाडौं । आफ्नो तीन दिने भारत भ्रमण सक्काएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्कनु भएको छ । उहाँ तीनदिने औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किनु भएको हो । मन्त्री ज्ञवाली शनिबार अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फिर्ता हुनु भएको हो ।

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार भएको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

ज्ञवालीले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न खोजेको भए पनि मोदीले नै समय नदिएको खुल्न आएको छ । त्यसअघि मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग र समकक्षी एस जयश‌ंकर पनि भेट गर्नुभएको थियो ।

शनिबार नै नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम पनि रहेको थियो । त्यहाँ ज्ञवालीले सुगौली सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गर्नुभयो ।

शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.