Categories
राजनीतिक

योगेश भट्टराई प्रति प्रधानमन्त्रीको टिप्पणी कस्तो बैगुनी केटो पुक्क लात्ताले हानेर भाग्यो (भिडियो हेर्नुस्)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईले आफुलाई बैगुन गरेको भन्दै टिप्पणी गरेका छन् । उनले उनलाई जिताउन गृहजिल्लामा पुगेर भोट मागिदिएको स्मरण गर्दै त्यसको बदला आफुलाई धोका दिएको टिप्पणी गरेका छन् । प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौमा शनिवार सम्बोधन गर्दै उनले यस्तो टिप्प्णी गरेका हुन् ।

प्रदेश १ मै यस्तो वैगुनी निस्किए उनले भने, चुनावमा क्षेत्रमै पुगेर यो केटोलाई जिताएर पठाउनु मन्त्री बनाउँछु भने, जितेपछि मन्त्री पनि बनाइयो । तर एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर पछाडी हेरेको त उनी केटो । उनले भट्टराई प्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् ।

ओलीले यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताए । कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारूढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे।

आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरूले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, ‘मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुसी हुँदा, हाँस्दा किन पीर ? रुवाउन खोजेका थियौं। सक्दैनौं। दिइने छैन।’

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए।

उनले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरू पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गरे। स्रोत -etajakhabar.com

Leave a Reply

Your email address will not be published.